arrow

गलत सूचना फैलिएको भन्दै रुसले 'स्लो' गर्‍यो ट्विटर

logo
प्रकाशित २०७७ फागुन २६ बुधबार
putin.jpg

काठमाडौँ । रुसले आफ्ना नागरिकहरूलाई गलल सूचनाबाट जोगाउनका लागि भन्दै ट्विटर 'स्लो' गर्ने भएको छ । संघीय सूचना प्रविधि एवं जनसञ्चार ओभर साइट सेवाले एक विज्ञप्ति जारी गर्दै ट्विटरको स्पिड अर्थात् चल्ने गति कम पार्ने बताएको हो ।

आफ्ना नागरिकहरूलाई गलत सूचनाबाट जोगाउन भोलिका दिनमा पूर्ण रुपमै ट्विटर बन्द गर्न सक्ने चेतावनी समेत रुसले दिएको छ ।

रुसले सबै मोबाइलमा र मोबाइल बाहेकका ५० प्रतिशत डिभाइसमा ट्विटरको गति सुस्त पार्ने छ । यसो हुँदा ट्विटर लोड हुन समय लाग्ने छ र मानिसहरूले कम चलाउनेछन् ।

सन् २०१७ देखि सन् २०२१ सम्म ट्विटरलाई गलत सूचनाहरू हटाउनका लागि २८ हजार पटक जानकारी गराएको रुसी नियामकले बताएको छ । अन्य सञ्चारमाध्यमले राम्रो प्रतिक्रिया दिँदै गलत सूचना हटाए पनि ट्विटरले कम प्रतिक्रिया दिएको नियामकले जनाएको छ ।

यसअघि टर्की र भारतले पनि ट्विटरले गलत सूचना फैलाएको आरोप लगाइसकेका छन् । पछिल्लो समय विभिन्न मुलुकमा सामाजिक सञ्जाललाई बन्द एवं नियन्त्रण गर्ने प्रक्रिया बढ्दै गएको छ ।



नयाँ