arrow

भारतमा चट्याङबाट ८० को मृत्यु

logo
प्रकाशित २०७३ असार ८ बुधबार
india-map-and-flag-1310791.png.png
नयाँ दिल्ली । भारतमा गत दुई दिनयता भारी बर्षापछि परेको चट्याङमा परी कम्तीमा ८० व्यक्तिको मृत्यु भएको एक वरिष्ठ अधिकारीले बुधबार जानकारी दिएका छन् । 
 
यस चट्याङबाट गत सोमबार यता पूर्वी राज्य विहार, झारखण्ड र उत्तरी राज्य उत्तर प्रदेशका व्यक्तिहरुले ज्यान गुमाएका जनाइएको छ । 
 
यस प्राकृतिक प्रकोपमा परी बिहारमा ५३, झारखण्डमा १० र उत्तर प्रदेशमा १७ व्यक्तिको मृत्यु भएको जनाइएको छ । 
 
चट्याङ् परी यसरी मारिनेमा प्रायः खेतमा कामगर्ने कृषकहरु रहेका अधिकारहरुले जानकारी दिएका छन् । 
 
भारतमा प्रत्येक बर्ष जुनदेखि सेप्टेम्बरसम्म पर्ने मनसुनी बर्षाको मौसममा बारम्बार चट्याङ पर्ने गरेको पाइन्छ । यस चट्याङ्मा प्रत्येक बर्ष दर्जनौँ व्यक्तिले ज्यान गुमाउने गरेका छन् । सिन्ह्वा 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ