arrow

विभागमै मान्छे पिटेपछि एमाले निकट वैदेशिक रोजगार व्यवसायीका उपाध्यक्ष प्रहरी खोरमा

logo
प्रकाशित २०७३ असार ८ बुधबार
Hatkadi-2.jpg.jpeg
काठमाडौं । एमाले निकट म्यानपावर व्यवसायी नेपाल प्रगतिशील वैदेशिक रोजगार मञ्चका उपाध्यक्ष हरिबहादुर पाण्डे प्रहरी हिरासतमा पुगेका छन् । विदेश लैजाने भन्दै पैसा लिएका गुल्मीका एक युवालाई वैदेशिक रोजगार विभागमा नै कुटपिट गरेपछि उनलाई महानगरीय प्रहरी वृत्त बानेश्वरको हिरासतमा राखिएको प्रहरीले जनाएको छ । 
 
विदेश पठाउने भन्दै पैसा लिएको भएपनि लामो समयसम्म विदेश नपठाएपछि गुल्मीका २८ वर्षीय कृष्ण कुँवरले उनीसँग पैसा र राहदानी फिर्ता मागेका थिए । तर उनले सो दिन आनाकानी गर्दै आएका थिए । तर बुधबार विभागमा नै उनीहरू भेट हुँदा सामान्य विवाद भएपछि उनले कुँवरमाथि कुटपिट गरेका थिए । 
 
उनलाई दिउँसो दुई बजेतिर प्रहरीले पक्राउ गरेको थियो । उपाध्यक्ष पाण्डे फ्यूचर इम्प्लोईमेन्टका उपाध्यक्ष समेत हुन् । उनले कुँवरलाई जम्मा २० हजार रूपैयाँ फिर्ता दिनु पर्ने भएपनि पैसा फिर्ता दिनुको साटो उल्टै कुटपिट गरेका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ