arrow

हंगेरीसँग बराबरी खेल्दै पोर्चुगल दोस्रो चरणमा, रोनाल्डोको किर्तिमान

logo
प्रकाशित २०७३ असार ९ बिहिबार
Euro_Ronaldo.jpg.jpeg
काठमाडौं। युरो २०१६ अन्तर्गत समुह 'एफ'को अन्तिम खेलहरुमा पोर्चुगल र हंगेरीले बराबरी खेलेका छन् भने आईसल्याण्डले अष्ट्रियालाई राजित गरेको छ। 
 
हंगेरी ३ खेलमा ५ अंकका साथ समुह बिजेता बनेको छ भने आइसल्याण्ड पनि ३ खेलमा ५ अंक प्राप्त गर्दै दोस्रो स्थानमा रहेको छ। पोर्चुगल तीन खेलमा ३ अंक प्राप्त गर्दै तेस्रो स्थानमा रहेको छ। तीनै टोली दोस्रो चरणमा प्रवेश गरेका छन्। 
 
राउण्ड अफ सिक्सटिनमा पोर्चुगलले क्रोएसियाको सामना गर्नेछ भने आईसल्याण्ड ईङल्याण्डसँग भिड्नेछ।
 
पोर्चुगल-हंगेरी
पोर्चुगल र हंगेरी बिचको केल रोमाञ्चक भएको थियो। दुवै टोलीले ३-३ गोल गरेका थिए। खेलको १९औं मिनेटमा  हंगेरीका जोटान गेराले गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाएका थिए। ४२औं मिनेटमा नानीले गोल गर्दै पोर्चुगललाई १-१ गोलको बराबरीमा ल्याएका थिए। 
 
हंगेरीका बालाज जुसाकले ४७ र ५५औं मिनेटमा गोल गरेका थिए भने पोर्चुगलका क्रिस्चियानो रोनाल्डोले ५०औं र ६२औं मिनेटमा गोल गर्दै खेल बराबरीमा सकाएका थिए। 
 
रोनाल्डोले हंगेरी बिरुद्ध २ गोल गर्दा ४ वटा युरोमा गोल गर्ने एक मात्र खेलाडी बनेर नयाँ किर्तीमान राखेका छन्। उनले ४ युरो प्रतियोगितामा ८ गोल गरेका छन्। उनीभन्दा बढी फ्रान्सका माईकल प्लाटीनीले ९ गोल गरेको रेकर्ड रहेको छ।
Gera broke the deadlock when his left-footed effort from outside the Portugal penalty area arrowed into the bottom left corner
 
Nani levelled the game when his left-footed effort beat Gabor Kiraly to give Portugal a chance of qualifying for the knockout stages
 
Kiraly failed to get anywhere near the ball as it glided into the goalkeeper's right-hand corner as the score became 2-2
 
आईसल्याण्ड- अष्ट्रिया 
पहिलो पटक युरो खेलिरहेको आईसल्याण्डले अष्ट्रियालाई २-१ गोलले पराजित गर्दै दोस्रो चरण प्रवेश गरेको छ। खेलको १८औं मिनेटमा जोन डाडी बोएदवार्सनले गोल गर्दै आईसल्याण्डलाई अग्रता दिलाएका थिए। खेलको ३७औं मिनेटमा अष्ट्रियाका एलेक्जेण्डर ड्रागोविचले पेनाल्टीमा गोल गर्न सेकका थिएनन्। 
 
६०औं मिनेटमा अष्ट्रियाका एलेस्याण्ड्रो कोहेफले गोल गर्दै खेल १-१को बराबरीमा पुर्‍याएका थिए। खेलको अन्तिम समयमा आईसल्याण्डका आर्नर ईन्गभीले गोल गर्दै आईसल्ायण्डलाई बिजयी बनाएका थिए। 
आईसल्याण्डले दोस्रो चरणमा ईङल्याण्डको सामना गर्ने छ। 
Iceland players are ecstatic as they celebrate the late, late goal that sent them through to secure a clash with England in the last 16
 
Arnor Ingvi Traustason slides in to score a last minute winner for Iceland to seal a dramatic last-gasp win which sealed second spot



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ