arrow

वीर अस्पताल र ट्रमा सेन्टरमा अनियमितता : छानविन हुनुपर्ने व्यक्ति नै समितिमा

logo
प्रकाशित २०७७ फागुन २७ बिहिबार
bir-trauma.jpg

काठमाडौं । देशकै ठुलो तथा पुरनो वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा भएको अनियमितता छानविन गर्न बनेको समिति नै अलमलमा परेको छ ।

अनियमितताबारे छानविन गर्न वीर अस्पताल कर्मचारी युनियनले प्रधानमन्त्री कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सर्तकता केन्द्र, स्वास्थ्य मन्त्री  र स्वास्थ्य सचिव तथा मन्त्रालयमा छानविन गर्न भन्दै २ फागुनमा उजुरी दिएका थिए ।

सो उजुरीपछि प्रधानमन्त्री कार्यालयले स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिंदै छानविन गर्न चार सदसीय समिति बनाएको थियो । १३ फागुनमा बनेको सो समितिलाई १५ दिन भित्र प्रतिवेदन बुझाउन भनिएको थियो । तर, समितिलाई दिइएको सो म्याद गुज्रिदा पनि समितिले अनियमितता सम्वन्धमा एक पटक छलफलसमेत नगरेको स्रोतले जनाएको छ ।

समितिमा रहेकी एक सदस्य स्वयम् अनुसन्धानको दायरामा रहेका कारण समिति नै अनियमितताबारे छलफल नै गर्न नसकेको बताइन्छ । उनी ट्रमा सेन्टर कि खरिद एकाई प्रमुख जुना खड्का हुन् ।

यी दुवै अस्पतालमा लामो समयदेखि अनियमितता देखिदै आएको छ । वीर अस्पताल तथा ट्रमा सेन्टरमा भएको अनियमितता समन्धमा सार्वजनिक खरिद अनुगमनको कार्यालय, महालेखाको प्रतिवेदन र राष्ट्रिय सर्तकताले २०७५ असोजमा गरेको छानविनमासमेत अनियमितता देखिएको भनिएको थियो ।

त्यसपछि यी दुवै अस्पतालमा उपकरण खरिद, कर्मचारी भर्ना, कोटेशनमा सामान खरिद गर्दा खरिद प्रमुखले आफुनिकट ब्यापारीसँग सामानहरू खरीद गर्ने गरेको, अनियमित रुपमा कर्मचारी भर्ना गरिएको, मर्मत सम्भार गर्दा खरिद प्रमुखले कमिसन दिने व्यापारीलाई दिने गरेको भनिएको थियो ।

यस्तै खरिद प्रमुख भगवती थपलिया लगायतलाई कारवाही गर्न तथा वरिष्ठ र प्रशासनिक कर्मचारी राखेर खरिद गर्न भनेको थियो । त्यसपछि पनि थप कारवाहीका लागि सो प्रतिवेदन अख्तियार र स्वास्थ्य मन्त्रालयमा २०७५ मै पठाइएको थियो ।

तर हालसम्म सो अनियमितताबारे कुनै कारवाही भएको छैन । बरु ६ बर्ष देखिनै खरिदको प्रमुख लगायतमा सबै एउटै समुह छ । तर पनि उपकुलपतिले हालसम्म खरिद एकाई परिवर्तन गरेका छैनन । नियमित अनियमितता भइरहँदा अस्पतालका कर्मचारीहरुले भने उपकुलपति डा.डिएन शाहकै संलग्नता हुन सक्ने आशंका गर्न थालेका छन् ।

वीरका निर्देशक डा. केदार सेन्चुरीले कर्मचारी भर्ना तथा कोभिड उपचारमा आवश्यक सामान खरिदमा व्यापक अनियमितता गरेको, कोभिड जाँच मेसिन खरीदमा आफुनिकट कर्मचारीको भाईको फर्मबाट खरीद गरी अनियमितता गरेको आरोप छ ।

यस्तै उपकरण मर्मतमा कमिसन, कोटेशनमा सामान किन्दा पनि अनियमितता गरेको कमिसनकै लागि अरबौंमा किनिएको इन्ट् अप सिटी, अक्सिजन प्लान्ट, टेमोथोरापी, मेमोग्राम, स्पेशल ऐक्सरे ,सि-आर्म, डिएस लगायत सामान तीन बर्षदेखि सन्चालन नगरी थन्काएको आरोप छ ।

उनले आफ्नो कार्यकाल केही दिन मात्रै बाँकी रहँदासमेत अझ नयाँ मेसिन किन्न ब्यापारीसँग साँठगांठ गरी स्फेशिफिकेशंस तयार गरी टेन्डर को तयारी गरेका छन् । उनकै कार्यकालमा चार बर्षदेखि अस्पताल भवनअघि पर्ने औषधि पसलसँग कमिसनको खेलमा टेन्डरसमेत भएको छैन । वीरका निर्देशक डा सेन्चुरीले यही १ चैत्रबाट अवकाश पाउँदै छन ।

हालै वीर अस्पतालका लागि ९ जना फार्मेसी कर्मचारी माग गरेकोमा निर्देशक सेन्चुरीले फार्मेसी काउंन्सिलमा दर्ता नै नभएकालाई समेत चलखेल गरी फर्म भर्न लगाएको खुलेको छ । उनले अन्तरवार्ता समितिलाई तीनै नाम र दर्ता नम्वर दिदै तिनैको नाम निकाल्न दवाव दिएको पनि खुलेको छ ।

यसैगरी ट्रमा सेन्टरमा कर्मचारी भर्ना सिटी मर्मत, क्यान्टिनको सम्झौता, ऐम्बुलेन्स खरिद, नयाँ उपकरण सि-आर्म, ओटी लाइट, माइक्रोस्कोप लगायत खरिदमा निर्देशक डा.सन्तोष पौडेलले आफ्नो युवा जोशलाई धुमिल्लयाउँदै अघि बढेका छन् ।  उनलाई डा.गौरव ढकाल, खरिदका डा.नवीनले समेत सघाउँदै आएको कर्मचारीहरु बताउँछन् । ट्रमा अस्पतालमा महङ्गोमा सामान खरिद गरेको र अनियमितता भएको भन्दै उच्च अदालत पाटनमा रिट नै दर्ता भएको छ ।

वीर अस्पताल र ट्रमा सेन्टरमा अनियमितताको चाङ



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ