arrow

युरोको पहिलो चरण समाप्त, दोस्रो चरणमा को को भिड्दैछन् ? (समय तालिका)

logo
प्रकाशित २०७३ असार ९ बिहिबार
Euro_first_Round-end.jpg.jpeg
काठमाडौं। युरो २०१६का समुह चरणहरुको खेल समाप्त भएका छन्। अन्तिम खेल अन्तर्गत समुह 'ई'को खेलहरुमा आयरल्याण्डले ईटलीलाई पराजित गरेको छ भने अर्को खेलमा बेल्जियमले स्विडेनलाई पराजित गरेको हो।
 
आयरल्याण्डका रोबरट ब्राडीले ८५औं मिनेटमा गोल गर्दै आफ्नो टोलीलाई बिजयी बनाएका थिए भने बेल्जियमका राजा नानगोलानले ८४औं मिनेटमा स्विडेन बिरुद्ध गोल गरेका थिए। स्टार खेलाडी जाटान ईब्राहावोनिचको अन्तिम खेल बिर्सिन लायक रह्यो। 
 
ईटली ३ खेलमा ६ अंकका साथ समुह बिजेता रहेको छ भने बेल्जियम उप बिजेता रहेको छ। उक्त समुहबाट तीन टोली दोस्रो चरण प्रवेश गरेका छन्। 
 
राउण्ड अफ सिक्सटिन (दोस्रो चरण)
२५ जुन  स्विजरल्याण्ड-पोल्याण्ड ६:४५ (बेलुका)
 
२५ जुन वेल्स-उत्तरी आयरल्याण्ड ९:४५ (बेलुका)
 
२६ जुन क्रोएसिया-पोर्चुगल १२:४५ (बिहान)
 
२६ जुन फ्रान्स-आयरल्याण्ड ६:४५ (बेलुका)
 
२६ जुन जर्मनी-स्लोभाकिया ९:४५ (बेलुका)
 
२७ जुन हंगेरी- बेल्जियम १२:४५  (बिहान)
 
२७ जुन ईटली-स्पेन ९:४५ (बेलुका)
 
२८ जुन ईङल्यान्ड-आईसल्याण्ड १२:४५  (बिहान)
 
 
नकआउट चरणका खेलहरु शनिवारबाट शुरु हुँदैछन्। 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ