arrow

काँग्रेसमा पौडेल र घिमिरेको जस्तो संसदीय दलको खोजी

logo
प्रकाशित २०७३ असार ९ बिहिबार
Ramchandra_Paudel1.jpg.jpeg
काठमाडौं । नेपाली काँग्रेसको संसदीय दलको भुमिका प्रभावकारी हुन नसकेको भन्दै काँग्रेस भित्र नेतृत्वप्रति असन्तुष्टी चुलिदै जान थालेको छ । मुलुकको सवै भन्दा ठुलो पार्टी र प्रमुख प्रतिपक्षी दल भएर पनि मुल राजनिति र संसदमा प्रभावकारी उपस्थीती देखिन नसकेकोमा काँग्रेसकै नेताहरुले आत्मग्लानी गरेका छन् । 
 
संसदीय दलको भुमीकालाई प्रभावकारी बनाउनका लागि दलका नेता, प्रमुख सचेतक र  सचिवको मुख्य भुमीका हुन्छ । अहिले काँग्रेसको संसदीय दलको नेता पार्टी सभापति शेरबहादुर देउवा, प्रमुख सचेतक चिनकाजी श्रेष्ठ र सचिव धु्रव वाग्ले रहेका छन् । उनीहरुको भुमीका प्रति नै असन्तुष्टी प्रकट हुन थालेको हो । असन्तुष्ट सांसद तथा नेताहरुले रामचन्द्र पौडेल नेता र लक्ष्मणप्रसाद घिमिरे प्रमुख सचेतक रहेको बेलाको जस्तो संसदीय दलको आवश्यकता रहेको बताउने गरेका छन् । पौडेल पक्षकाले मात्रै नभई देउवा पक्षकै नेताहरुले पनि अहिलेको भुमीका प्रति असन्तुष्टी जनाउदै “पौडेलको पालाको जस्तो हुनु पर्यो” भन्ने गरेका छन् । 
 
पहिलो संविधान सभा तथा संसदीय दलमा पौडेलले नेतृत्व गरेका हुन् । त्यतिबेला नेपाली काँग्रेस दोस्रो पार्टी थियो भने पहिलो र तेस्रो नम्मरमा रहेका एमाओवादी र एमाले मिलेर सरकार चलाएका थिए । पौडेल पक्षिय नेता मधु आचार्यले भने, “उनीहरुको गठबन्धन निकै दह्रो बनेको थियो । उनीहरु सत्ता साझेदारीसंगै संविधानलाई पनि कम्युनिष्ट मोडलमा लैजान चाहन्थे । तर पौडेलको शसक्त नेतृत्वदायी भुमीकाले नै उनीहरुलाई कम्युनिष्ट संविधान बनाउन दिएन् । बरु संविधान सभा विघटन भयो, तर बैधानिक रुपमा मुलुकलाई कम्युनिष्ट शासन तर्फ जानबाट रोकियो । ” उनले संझे “त्यतिबेला काँग्रेस निकै सानो पार्टी भएर संसदमा र जनताको पक्षमा यति शसक्त ढंगले उत्रियो की को भुमीका काँग्रेसलाई कसैले वेवास्ता गर्ने आँट गर्न सक्दैन थियो, फलतः मुलुकले अहिले लोकतान्त्रीक संविधान पायो । ”
 
पौडेल नेता हुदा संसदमा उठाउनु पर्ने हरेक विषय र भुमिकाका बारेमा निरन्तर बैठक राख्ने, सासदहलाई सक्रिय बनाउन र प्रभावकारी प्रस्तुतीका लागि सहजीकरण गर्ने गरेको आचार्यले बताए । 
 
तर अहिले भने निकै फितलो भएको उनको टिप्पणी छ । “महत्वपुर्ण विषयमा संसदलाई आफ्नो दवावमा लिन सकेकै छैन, भुकम्प पिडितहरुको समस्या यति ठुलो समस्या हो तर त्यसलाई त्यो तरिकाले आवाज उठाईदिन सकेन, मुल्यबृद्धि, कालोबजारी सयौं विषय छन्, त्यसका लागि केही गर्न सकेन” आचार्यले भने । 
 
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा सरकार बनाउने जस्तो अपरिपक्व खेल खेलेको, संसदीय सुनुवाई विषेश समिति आफुले भने जस्तो बनाउन नसक्नु लगायतका असफलता प्रति पनि काँग्रेसका अधिकांश नेता  तथा कार्यकर्ताले आत्मग्लानी गर्दै असन्तोष पोखेको पाईन्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ