arrow

चिली कोपा अमेरिकाको फाईनलमा, अर्जेन्टिनालाई रोक्न गाह्रो

logo
प्रकाशित २०७३ असार ९ बिहिबार
Copa_Chile_col.jpg.jpeg
काठमाडौं। गत बर्षको बिजेता चिली कोलम्बियालाई हराउँदै फाइनलमा प्रवेश गरेको छ। दोस्रो सेमीफाईनलमा चिलीले कोलम्बियालाई २-० गोल अन्तरले पराजित गरेको हो। 
 
फाईनलमा चिलीले अर्जेन्टिनाको सामना गर्ने छ। पहिलो सेमीफाईनलमा आयोजक अमेरिकालाई ४-० गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना फाईनल प्रवेश गरेको थियो। 
 
कोलम्बियालाई हराउने क्रममा चिलीका चार्ल्स अरान्गुईजले ७औं मिनेटमा पहिलो गोल गरेका थिए। त्यस्को लगत्तै ११औं मिनेटमा जोसे फुएनजालिदाले गोल गर्दै २-०को अग्रता दिलाएका थिए। पहिलो हाफमा २-० गोलको अग्रता लिएको चिलीले दोस्रो हाफ शुर हुन २ घण्टा पर्खिनु परेको थियो। 
 
हावाहुरीका साथ चट्याङ पर्नाले केल रोकिएको थियो। करिब २ घण्टा पछि मौसममा सुधार आएपछि दोस्रो हाफको केल केलाईएको थियो। दोस्रो हाफमा थप कुनै गोल हुन सकेन र चिलीले खेल २-० गोलले जितेको थियो। 
 
खेलमा कोलम्बियाका कार्लोस सान्चेजले रातो कार्ड पाएका थिए। चिलीका खेलाडीले ५ पहेंलो कार्ड पाएका थिए भने कोलम्बियाका २ खेलाडीले पहेंलो कार्ड पाएका थिए। 
Colombia's James Rodriguez (10) moves the ball on the pitch against Chile's Jose Pedro Fuenzalida (6) during a Copa America Centenario semifinal soccer match...
 
गत बर्षको बिजेता चिलीले फाईनलमा अर्जेन्टिनालाई पराजित गरेको थियो भने यो संस्करणको कोपामा पनि उही दुई टोली फाईनलमा पुगेका छन्। राम्रो फर्ममा रहेको अर्जेन्टिनालाई पराजित गर्न चिलीले स्टार खेलाडी लियोनल मेस्सीलाई रोक्नु पर्ने हुन्छ । 
 
मेस्सीले सेमीफाईनल जस्तो फर्म जारी राखे संभवत: अर्जेन्टिनालाई चिलीले रोक्न सक्ने छैन्। गत संस्करणमा टाईब्रेकरमा ४-१ ले बिजयी भएको चिलीले यसपाली कस्तो रणनिती अपनाउँछ त्यसले खेलको नतिजा निर्धारण गर्नेछ। 
 
Colombia's Jeison Murillo (22) and Chile's Eduardo Vargas (11) vie for the ball during a Copa America Centenario semifinal soccer match at Soldier Field in C...
 
Colombia's James Rodriguez (10) talks with coach Jose Peckerman during a Copa America Centenario semifinal soccer match against Chile, at Soldier Field in Ch...



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ