arrow

अब विदेशबाट ५० ग्रामभन्दा बढी सुन ल्याउन नपाईने

यात्रुले काँचो सुनको डिक्का बिदेशबाट ल्याउन पूर्ण प्रतिबन्ध

logo
प्रकाशित २०७३ असार ९ बिहिबार
gold.jpg.jpeg
काठमाडौं । के पहिलो कै पद्धति सम्झिएर तपाईँले पनि विदेशबाट ५० सय ग्रामसम्म सुन ल्याउन लाग्दै त हुनुहुन्न ? यदि त्यसो गर्दैहुनुहुन्छ भने तपाईँ सावधान हुनुहोस् । अब पद्धति वदलिएको छ । तपाईँले यसरी विदेशबाट ल्याउने सुनका गहना तथा कच्चा सुन भन्सार तिरेर या त नतिरीकनै ल्याउन पाउने सुविधालाई सरकारले कटौती गरेको छ ।  अव देखि सुनका गरगहना ५० ग्रामसम्म ल्याउन पाउने भए पनि काँचो ल्याउन भने पूर्ण प्रतिबन्ध हुने भन्सार बिभागले जनाएको छ । बिदेशमा काम गर्न जाने कामदार फर्किदा उनीहरुलाई भरिया बनाएर ठुलो संख्यामा सुन तस्कर गर्दै आएको कारण समेत पूर्ण प्रतिबन्ध लागेको हो । त्यसैगरी कतिपयले घरायसी प्रयोजनको लागि समेत काचो सुनको डिक्का ल्याउने गरेका थिए उनीहरुले समेत अव साउनबाट काचो सुनको डिक्का ल्याउन पाउने छैनन् ।
 
भन्सार विभागले विदेशबाट नेपाल आउने यात्रुले आफ्नो साथमा ल्याउन पाउने सुन, चाँदि तथा मदिराको परिणाममा परिवर्तन गरी पाँच सय ग्रामसम्म राजश्व तिरेर र ५० ग्रामसम्म राजश्व नतिरीकनै नेपाल ल्याउन पाउने सुविधा कटौती गरेको हो । 
 
भन्सार विभागका प्रवक्ता सूर्य सेढाईँले विद्यमान नियममा साउनदेखि लागूहुनेगरी परिवर्तन गरिएको जानकारी दिए । उनले ५० ग्रामसम्म सुनका काँचो गहना ल्याउन रोक लगाईएको भएपनि गहना ल्याउन भने रोक नलागाईएको स्पष्ट पारेका छन् । उनले विदेशबाट नेपाल आउने यात्रुले आफ्नो साथमा निजी गुण्टा, झिटी भारी आदेशसम्बन्धी सूचना बमोजिम साविकको सुविधालाई परिवर्तन गरिएको जानकारी दिए । 
 
विभागका अनुसार ५० ग्रामसम्म तौल भएका सुनका गहना महसुल नबुझाई ल्याउन पाउने तर, काँचो सुन साथमा लिई आउन पूर्ण प्रतिवन्ध गरिएको छ । त्यस्तैगरी, पाँच सयग्रामसम्म तौल भएका चाँदिका गहना महशुल नबुझाई ल्याउन पाउने तर काँचो चाँदिँ साथतमा लिई आउन पूर्ण प्रतिवन्ध लगाईएको छ । 
 
विभागले अब महशुल बुझाएर पनि काँचो सुन तथा ५० ग्राम भन्दा बढी सुन नेपाल ल्याउन नपाउने व्यवस्था गरेको छ । यसरी कानूनले तोकेको भन्दा बडी परिणाममा सुन नेपाल्मा आयात गरेको खण्डमा भन्सार विभागले सुन जफत गर्नसक्ने व्यवस्था पनि गरेको छ । 
 
विभागले मदिराको हकमा भने अहिले विद्यामान रहेको १.१५ लिटरको एक बोतल जुनसुकै व्राण्डको मदिरा पनि ल्याउन पाउने व्यवस्थालाई परिवर्तन गरी १ लिटरसम्मको जुनसुकै प्रकारको मदिरा ल्याउन पाउने व्यवस्था पनि गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ