arrow

जोटाले गरे लिभरपुलको उद्दार 

logo
प्रकाशित २०७७ चैत ३ मंगलबार
diogo-jota.jpg

काठमाडौं । इङ्गलिश प्रिमियर लिग फुटबलमा डिफेन्डिङ च्याम्पियन लिभरपुललाई डिएगो जोटाले उद्दार गरेका छन् । सोमबार राति भएको खेलमा लिभरपुलले उल्भरह्याम्पटन वान्डेरर्सलाई १–० गोल अन्तरले पराजित गर्यो ।

पहिलो हाफको इन्जुरी समयमा जोटाले गोल गरेका थिए । यस जितसँगै लिभरपुलले २९ खेलमा ४६ अंक जोडेको छ । लिभरपुल लिगको छैटौं स्थानमा रहेको छ ।

उपाधि होडबाट लिभरपुल बाहिरिइसकेको छ । लिगमा ३० खेलबाट म्यानचेस्टर सिटी ७१ अंकसहित शीर्ष स्थानमा रहेको छ । २९ खेलबाट ५७ अंकसहित म्यानचेस्टर युनाइटेड दोस्रो स्थानमा रहेको छ । 

५६ अंकको लेस्टर सिटी ५६ अंकसहित तेस्रो स्थानमा छ भने ५१ अंकको चेल्सी चौथो तथा ४८ अंकको वेष्टह्याम युनाइटेड पाँचौं स्थानमा छ । 

चोट बोके उल्भ्सका गोलकिपरले 
खेलमा उल्भ्सका गोलकिपर रुइ प्याट्रिसियोले टाउकोको चोट बोक्न पुगेका छन् । 

उनी आफ्नै टिमका कप्तान डिफेन्डर कोनोर कोडीसँग जुध्न पुगेका थियो । उनलाई स्ट्रेचरको सहायताबाट मैदानबाट बाहिर निकालिएको थियो । 

टाउको ठोक्किएपछि रुइ केही समय मैदानमै बेहोस भएका थिए । 

उनको अवस्था हाल ठीक रहेको डेलिमेलले बताएको छ । प्रशिक्षक नुनो स्पिरिटो सान्टोले उनको अवस्था अहिले ठीक रहेको छ । तर अर्को खेलमा खेल्न सक्ने अवस्था शंकास्पद छ । 



नयाँ