काठमाडौं। सरकारले जेठ ३१ गते जारी गरेको ‘अनलाइन सञ्चार निर्देशिका २०७३’ मिडियालाई नियन्त्रण गर्नेगरी निरंकुश शैलीमा ल्याइएको भन्दै प्रेस चौतारी नेपालले ढीलै भएपनि संस्थागत रुपमा बिरोध गरेको छ।
बिहीबार चौतारीको गरेको अगुवा कार्यकर्ता भेलामा सरकारले ल्याएको निर्देशिका प्रेस स्वतन्त्रताको विश्वव्यापी म्यान्यता विपरीत रहेको भन्दै तत्काल यो निर्णय फिर्ता लिन सञ्चार मन्त्री शेरधन राईलाई ज्ञापन पत्र बुझाउने चौतारीका वरिष्ठ उपाध्यक्ष माधव नेपालले बताए।
मन्त्री राईले सञ्चार माध्यम विपरीत निर्देशिका ल्याएको भन्दै एमाले प्रचार विभागले मन्त्री राईलाई स्पष्टिकरण समेत सोध्ने बताइएको छ। निर्देशिका ल्याउनुभन्दा अघि पर्याप्त छलफल नगरिएको, चोर बाटोबाट ल्याइएको र अनलाइन मिडियालाई नियन्त्रण गर्ने मनसाय राज्यको देखिएको भन्दै चौतर्फी आलोचना भईरहँदा एमाले प्रचार विभागले मन्त्रीलाई स्पष्टीकरण सोध्ने बताइएको हो।
संविधानले अधिकार दिएको विषयलाई समेत निर्देशिकाले नियन्त्रण गर्नेगरी ल्याएको भन्दै नेपाल प्रेस युनियन लगायतका पत्रकारीतासँग जोडिएका संस्थाहरु र पत्रकारहरु यसकव विरोधमा छन्।