arrow

सिन्धुपाल्चोक कांग्रेसमा लामा विजयी, देउवा पक्षधर श्रेष्ठ पराजित

logo
प्रकाशित २०७३ असार ९ बिहिबार
nc-flag.jpg.jpeg
सिन्धुपाल्चोक । सिन्धुपाल्चोक कांग्रेसको १३औं अधिवेशनबाट विकाश लामा सभापतिमा निर्वाचित भएका छन् । पहिलो चरणको निर्वाचनमा कुनैपनि उम्मेद्वारको ५१ प्रतिशत मत नआएपछि पुनः भएको निर्वाचनमा लामा विजयी भएका हुन् । विहिबार सकिएको मत गणनामा लामाले ३ सय ७३ मत ल्याए भने, प्रतिस्पर्धी हरिशरण श्रेष्ठले १८ कम ३ सय ५५ मत ल्याए । 
 
पहिलो चरणको निर्वाचनमा तीन जनाबीच प्रतिस्पर्धा भएको थियो । भूपेन्द्र बहादुर थापा पहिलो चरणबाट बाहिरिएपछि दोस्रो चरणमा श्रेष्ठ र लामाबीच चुनावी प्रतिस्पर्धा भएको थियो । विजयी लामा रामचन्द्र पौडेल तथा कृष्णप्रसाद सिटौला पक्षधर हुन् भने, श्रेष्ठ खुमबहादुर खड्का निकट मानिने मोहन बहादुर बस्नेत निकट हुन् । खुमबहादुर खड्का समूह अहिले पार्टी सभापति शेरबहादुर देउवासंगै छ । 
 
यस्तै सचिवमा झलक नेपाल र कोषाध्यक्षमा पाशाङ दोङ विजयी भएका छन् । सचिवमा ६ जना उम्मेद्वार रहेकामा झलक नेपाल, भक्त ध्वज बोहोरा र बद्री चौलागाईबीच मुख्य प्रतिस्पर्धा भएको थियो । कोषाध्यक्षमा ३ जनाबीचमा भएको प्रतिस्प्रर्धामा कालिका गोले र तीर्थ लामा पराजित भए । महाधिवेशन सकिएको ३ महिना पछि भएको अधिवेशनमा पदाधिकारीमा मात्रै निर्वाचन भएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ