arrow

घाइते पत्रकार आचार्यलाई सहयोग

logo
सञ्जय कार्की।
प्रकाशित २०७३ असार ९ बिहिबार
rahat-narahari-acharya-journalist.jpg.jpeg
रौतहट। सबारी दुर्घटनामा घाईते भएका नेपाल प्रेस युनियन रौतहटका उपाध्यक्ष नरहरी आचार्यलाई बिहीबार नेपाल पत्रकार महासंघ रौतहट शाखाले सहयोग गरेको छ। आफना सहकर्मी आर्चायको स्वास्थ्योपचारको लागि नेपाल पत्रकार महासंघ रौतहट शाखाले २५ हजार रुपैया सहयोग गरेको हो।
 
जेठ ३० गते बाराको नीजगढबाट आफनो घर रौतहटको चन्द्रनिगाहपुर आउने क्रममा आचार्य, श्रीमती प्रमिला भण्डारी र छोरी प्रंशसा आचार्य चढेको ना २७ प ६३१२ नम्बरको मोटसाईकललाई काठमाडौंबाट चन्द्रनिगाहपुर आउदै गरेको ना १ ज ३७४८ नम्बरको शिखरापुर टाटा सुमोले ठक्कर दिएपछि तीनै जना घाईते अबस्थामा हेटौडास्थित चुरेहिल अस्पतालमा उपचार हुदै आएकोमा बुधकार पत्रकार आचार्यको श्रीमती प्रमिला भण्डारीको निधन भएको छ। 
 
भण्डारीको बिहीबारनै गृहनगर चन्द्रपुर नगरपालिकामा पर्ने बाग्मति नदिमा दाहसंस्कार गरिएको छ। भण्डारीको पार्थीब शरिरमा उनका श्रीमान पत्रकार आचार्यले दागबती दिनु भएको छ। आचार्य र उनको छोरी प्रंससा आचार्यको थप उपचारको लागि बिहीबार काठमाडौंस्थित नर्भिक अस्पताल भर्ना गरिएको छ। उनी चढेको मोटरसाईकल ठक्कर दिने टाटासुमोका चालक ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको हिरासतमा रहेका छन्। 
 
आचार्य ५ बर्षिया छोरी सहित काठमाडौं नर्भिकमा उपचारका लागि आएका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ