arrow

आर्थिक समृद्धिका लागि क्रियाशील हुन्छौँ– डा भट्टराई

logo
प्रकाशित २०७३ असार ९ बिहिबार
Baburam-bhattrai-stage.jpg.jpeg
काठमाडौँ । नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराईले आर्थिक समृद्धिका लागि आफूहरु क्रियाशील रहेको बताएका छन् ।  पार्टी कार्यालय बबरमहलमा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले आफ्नो पार्टी कुन स्थानमा रहनेभन्दा पनि मुलुकको समृद्धिको प्रश्न नै महत्वपूर्ण रहेको बताए ।
 
सद्भावनाका राष्ट्रिय उपाध्यक्ष तथा पूर्वसभासद् शिवचन्द्र कुशवाहले ३५ वर्षसम्म व्यवस्था फेर्न राजनीतिमा लागेको बताउँदै अब भावी पुस्ताका लागि राजनीति गर्न नयाँ शक्तिमा प्रवेश गरेको जानकारी दिए । पार्टीले शुक्रबार सचिवालयको बैठक बोलाएको प्रवक्ता खिमलाल देवकोटाले बताए । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ