arrow

अशोक कोइरालाको निधनले देउवा मर्माहित

logo
प्रकाशित २०७७ चैत ५ बिहिबार
ashok-koirala.jpg

काठमाडौँ । नेपाली कांग्रेसका पूर्व सभापति एवं पूर्व प्रधानमन्त्री स्व. सुशील कोइरालाका भाइ अशोक कोइरालाको निधनप्रति  सभापति शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गरेका छन् । सभापति देउवाले बिहीबार शोक वक्तव्य गारी गरी दुख  व्यक्त गरेका हुन् ।

 उनले भनेका छन् 'नेपाली कांग्रेसका नेता एवं मेरा मित्र अशोक कोइरालाको निधनको खबरले निकै मर्माहित भएको छु । उहाँले नेपालको लोकतान्त्रिक आन्दोलनमा निर्वाह गर्नु भएको भूमिका सधैं प्रशंसनीय छ । उहाँको निधनबाट सिङ्गो नेपाली कांग्रेसले एक असल र निष्ठावान् अग्रज व्यक्तित्वसँगै मोरङको भूगोलले एक सरल राजनीतिकर्मी गुमाएको छ ।'

अशोक कोइरालाको बिहीबार बिहान १ बजे  विराटनगर स्थित न्युरो अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।  नेपाली कांग्रेस मोरङका पूर्व सभापति समेत रहेका  कोइरालाको ७७ वर्षको उमेरमा निधन भएको हो । 'उहाँले पुर्‍याउनु भएको सक्रिय योगदान पार्टीमा सदा स्मरणीय रहनेछ । उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चिर शान्तिको कामनाका साथ शोक सन्तप्त परिवारजनमा पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट हार्दिक समवेदना प्रकट गर्दछु ' देउवाले भनेका छन् ।

उनी प्रजातन्त्र पुनः स्थापनापछि तत्कालीन विराटनगर उपमहानगरपालिकाका पहिलो मेयर थिए । नेपालको लोकतान्त्रिक आन्दोलनका एक अथक योद्धा, संविधान सभा सदस्य थिए ।

स्वर्गीय कोइरालाले प्रजातान्त्रिक आन्दोलनहरूमा सक्रिय रहँदा ७ वर्ष जेल जीवन बिताएका थिए  । स्वर्गीय कोइरालाले नेपाली कांग्रेसको विभिन्न तहमा रहेर सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए । उनको निधनबाट नेपाली कांग्रेसले एक अग्रज र निष्ठावान् नेतृत्वलाई गुमाएको छ । उनका एक छोरा र एक छोरी छन्  ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ