arrow

बैंकबाट निस्किएकी महिलाको एक लाख लुटियो 

logo
युबराज रेग्मी,  
प्रकाशित २०७७ चैत ६ शुक्रबार
Jhapa_District.png

दमक ।  झापाको दमकमा बिहीबार साँझ लुटपाट भएको छ । दमक ६ स्थित पुरानो शब्जि बजार नजिकै कामना सेवा बैंक अगाडिको स्थानबाट एक महिलाले बैंकबाट झिकेर ल्याएको एकलाख नगद, पर्स र मोबाइल लुटपाट भएको हो ।

दमक बजारमा मानिसहरु ओहोर दोहोर गरिरहेको अवस्थामा मोटरसाइकलमा आएका ब्यक्तिले लुटपाट गरेर भागेको बताएका हुन् ।
  
मोटरसाइकलमा आएका ब्यक्तिले नगद सहितको पर्स र मोबाइल लुटेपछि ती महिला हारगुहार गर्दै कराउँदै लुटेरालाई  पछ्याएको नजिकै रहेको  एक पसलमा रहेको सीसीटीभी  क्यामेरा फुटेजमा देखिएको छ ।

यसरी ब्यस्त बजारमै चोरी र लुटपाट हुनुलाई स्थानियहरुले  यहाँको सुरक्षा अवस्था फितलो भएको बताएका छन् ।

लुटपाट ब्यस्त समयमा भएको र त्यसबारे खोजी कार्य तिब्र राखिएको ईलाका प्रहरी कार्यालय दमकका डीएसपी नवराज कार्कीले बताए ।
 
उनले शुक्रबार बिहान पीडितले उजुरी दिन आउने जानकारी गराएकाले उजुरी पश्चात तीब्र रुपमा लुटेराको खोजी कार्य जारी राखिने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ