arrow

बाँकेको बैजनाथबाट दुर्लभ वन्यजन्तुका अङ्गसहित तीन जना  पक्राउ 

logo
सौरभ गिरी, 
प्रकाशित २०७७ चैत ६ शुक्रबार
arrest2.jpg

कोहलपुर । बाँकेको बैजनाथ गाउँपालिकाबाट दुर्लभ वन्यजन्तुका अङ्गसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक रविन्द्र खनालको कमान्डमा गएको टोलीले बिहीबार साँझ बैजनाथ १ चिसापानी बजारमा हिँडिरहेका ३ जना व्यक्तिलाई चेकजाँच गर्दा दुर्लभ वन्यजन्तुका अङ्ग बरामद गरेको हो ।

उनीहरुको साथबाट १ थान रेड पाण्डाको छाला, २ थान कालो भालुको पित्त र एउटा कस्तुरीको बिणा बरामद गरेको प्रहरी नायब उपरीक्षक खनालले बताए । 

खनालका अनुसार पक्राउ पर्नेमा दैलेख चामुण्डा नगरपालिका २ का ४२ बर्षीय चीनबहादुर थामी मगर, कैलालीस्थित घोडाघोडी नगरपालिका १ का ४५ बर्षीय रत्नबहादुर खत्री र कालिकोट नलगाड १ का ४० बर्षीय खले बिक रहेका छन् । 

प्रहरी नायब उपरीक्षक खनालको टोलीले चेकजाँचका क्रममा चीनबहादुरले बोकेको दुई वटा झोलामा राखिएको अवस्थामा दुर्लभ वन्यजन्तुका अङ्ग बरामद गरेको थियो ।

यसरी बन्यजन्तुको अङ्ग तस्करी गरेर दुई करोड रुपैयाँमा बेच्ने लोभले आएका तीन जना गन्तव्यमा पुग्न नपाउँदै प्रहरीले जेलको बाटो देखाइदिएको छ । 

पक्राउ परेका तिनै जनालाई इलाका प्रहरीमा राखेर थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक खनालले जानकारी दिएका छन् ।

अहिलेको समयमा बाँके प्रहरीलेले  वन्यजन्तु तस्करलाई निशाना बनाउँदैसमेत आएकाले दुर्लभ वन्यजन्तुका अङ्ग तस्करहरु धमाधम पक्राउ पर्दै आएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ