arrow

'राजसंस्थाका लागि सबै दलहरुबीच छलफल चलाउनुपर्छ'

उद्योगहरूलाई कौडीको मूल्यमा बिक्री गरेर ठुलो भ्रष्टाचार : कमल थापा

logo
हाम्रा कुरा
प्रकाशित २०७७ चैत ६ शुक्रबार
kamal-thapas3.jpg

काठमाडौँ । पूर्व प्रधानमन्त्री एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता लोकेन्द्र बहादुर चन्दले हिन्दु राष्ट्र र राजसंस्था नेपालको लागि अपरिहार्य भएको बताएका छन् । राप्रपा निकट ट्रेड युनियन महासङ्घ नेपाल (टुकोन)को प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री चन्दले सोको पुनर्स्थापना लागि सबै दलहरुबीच छलफल चलाउनुपर्ने बताए । उनले सङ्गठित मात्र होइन असङ्गठित क्षेत्रका श्रमिकहरूलाई समेत समेटेर अगाडि बढ्न टुकोनलाई आग्रह गरेका थिए ।

राप्रपा अध्यक्ष कमल थापाले कम्युनिस्ट र काँग्रेसको अदूरदर्शी आर्थिक नीतिका कारण मुलुकलाई गम्भीर अवस्थामा पुर्‍याइएको दाबी गर्दै कम्युनिस्ट र काँग्रेसको विकल्प भनेको एक मात्र पार्टी राप्रपा भएकोले राप्रपाले अङ्गीकार गरेका विचारलाई आम नेपालीको घरदैलोसम्म पुर्‍याएर पार्टीलाई अग्रणी शक्ति बनाउने अभियानमा लाग्न नेता तथा कार्यकर्ताहरूलाई निर्देशन दिएका  छन् ।

उनले रोजगारीको लागि प्रचुर सम्भावना भएको नेपालबाट सामान्य रोजगारीको लागि अरबको खाडी र मलेसियाको जङ्गलमा श्रमिकहरू निर्यात गर्ने अवस्थाको अन्त्य गर्न देशमा उद्योग, कलकारखानाहरू खोल्नेतर्फ राज्यले दीर्घकालीन नीति ल्याएर कार्य सञ्चालन गर्नुपर्ने बताए।

अध्यक्ष थापाले तत्कालीन समयमा नाफामा चलिरहेका ठुला उद्योगहरूलाई २०४६ पछि निजीकरणका नाममा कौडीको मूल्यमा बिक्री गरेर ठुलो भ्रष्टाचार गरी उद्योगधन्दा तहसनहस पार्दै श्रमिकहरूलाई समेत विस्थापित बनाएको आरोप लगाए ।

स्थापनाको छोटो अवधिमा देशभर सङ्गठन गरेर प्रथम महाधिवेशन गर्न सफल भएकोमा ट्रेड युनियन महासङ्घ नेपाल (टुकोन)लाई धन्यवाद दिँदै थापाले नेपाली श्रमिकहरूलाई रोजगारको लागि बिदेसिनु पर्ने अवस्थाको अन्त्य गर्न टुकोनले अहम् भूमिका निर्वाह गर्न सकोस् भनी शुभकामना दिएका थिए । पार्टीको अधिवेशनको मिति नजिकै आइसकेकोले अधिवेशनको तयारी द्रुत बनाउन सक्रिय सदस्यता वितरणलाई तोकिएकै समयमा सम्पन्न गर्न समेत थापाले सबै तहका कार्यकर्ताहरूलाई आग्रह गरे ।

ट्रेड युनियन महासङ्घ नेपाल (टुकोन)का अध्यक्ष हिकमत जङ्ग भण्डारीको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा राप्रपाका वरिष्ठ नेता दीपक वोहरा, पार्टी नेता एवं नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल शम्सेर राणा, राप्रपाका काठमाडौँ जिल्ला अध्यक्ष नवराज सिम्खडा, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठनका अध्यक्ष महेश बहादुर सिंह लगायत विभिन्न ट्रेड युनियनका प्रतिनिधीहरुले अधिवेशनको सफलताको शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ