arrow

जनमत संग्रहको नतिजापछि ब्रिटिश प्रधानमन्त्री क्यामरुनको राजीनामा

logo
प्रकाशित २०७३ असार १० शुक्रबार
syria-m.jpg.jpeg
एजेन्सी । जनमत संग्रहको परिणाम आए लगत्तै ब्रिटिश प्रधानमन्त्री डेभिड क्यामरुनले राजीनामाको घोषणा गरेका छन् । जनमत संग्रहपछि प्रधानमन्त्रीले देशवासीका नाममा सम्बोधन गर्दै राजीनामाको घोषणा गरेका हुन् ।  इयुको सदस्य रहिरहने अभियान थालेका प्रधानमन्त्री डेभिड क्यामरुनलाई जनमत संग्रहको नतिजाले राजीनामा दिनु पर्ने नैतिक दबाव आएको हो । उनले अक्टोबर २०१६मा पद छाड्नेछन् । 
 
२० वर्षदेखि ब्रिटेन ईयुबाट बाहिरिनुपर्ने पक्षमा वकालत गर्दै आएका यूकिप पार्टीका नेता नाइजेल फराजले यसलाई स्वतन्त्रता दिवसका रुपमा चित्रित गरेका छन् । उनी र पूर्व मेयर बोरिस जोन्सन, माइकल गोभ लगायतले ब्रिटेन ईयुबाट बाहिरिनु पर्ने वकालत गर्दै आएका थिए । उनीहरुले प्रधानमन्त्रीको राजीनामा मागेका हुन् । 
 
प्रधानमन्त्री क्यामरुन, विपक्षी दलका नेता जेरेमी कोरबीन ईयुकै सदस्य रहनु पर्नेमा जोड दिँदै आएका थिए । बहुमत ब्रिटिश नागरिकले युरोपियन युनियनबाट छुट्टिने पक्षमा मतदान गरेपछि प्रधानमन्त्रीलाई राजीनामाको नैतिक दबाब आएको हो । विहिबार सम्पन्न ऐतिहासिक जनमत संग्रहमा युरोपेली युनियन (ईयु) बाट छुट्टिएने पक्षमा बढी मत आएपछि युनाइटेड किन्डम यूके ४३ वर्षपछि छुटिएयो ।  
 
विहिबार ब्रिटेन ईयु सदस्यका रुपमा रहने वा बाहिरिने भन्ने विषयमा भएको जनमत संग्रहमा छुट्टिनु पर्छ भन्ने पक्षमा ५२ प्रतिशत अर्थात् एक करोड ७४ लाख १० हजार ७ सय ४२ मत तथा रहिरहने  पक्षमा ४८ प्रतिशत अर्थात् १ करोड ६१ लाख २ सय ४१ मत आयो । जनमत संग्रहमा ४ करोड ६० लाख नागरिक मतदानका लागि योग्य थिए । ३८२ वटा केन्द्रमा मतदान भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ