arrow

‘प्रधानमन्त्रीकै कारण सदन चलेन’, टाईमपास भएपछि बैठक स्थगित

logo
प्रकाशित २०७३ असार १० शुक्रबार
sansad-@@@.jpg.jpeg
काठमाडौं । प्रधानमन्त्री  केपी ओलीकै कारण संसद शुक्रबार संसद बैठक  बस्न सकेन । ११ बजे बोलाइएको बैठकमा प्रधानमन्त्री ११ः३० मा संसद भवन छिरे । प्रधानमन्त्री आएको केही समयपछि सभामुख ओनसरी घर्तीले विपक्षीदलको नेतालाई बोलाइन् ।
 
सभामुखले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएपछि दुवै पक्ष बसेर छलफल गर्ने कुरा भयो । यद्यपि, छलफल के भयो भन्ने कुरा बाहिर आएन । समय त्यतिकै कटाए ।  बैठकका लागि तोकिएको सयम घर्कियो । कांग्रेस प्रमुख सचेतक ईश्वरी न्यौपानेले हाम्राकुरासंग भनिन्, ‘हामीले उठाएको विषयमा सरकारले कुनै तदारुकता देखाएन । प्रधानमन्त्रीले त्यसलाई महत्व दिनु भएन ।’ विगत देखि आफुहरुले भूकम्प पछिको पुनःनिर्माण र पीडितको पुनःस्थापनाका लागि सरकारले गर्नु पर्ने काम गर्न नसकेको भन्दै ध्यानाकर्षण गराउँदै आएको तर सरकारले नसुनेको आरोप उनको छ ।
 
उनले थपिन्, ‘हामीले निरन्तर असार १ देखि भूकम्प पीडितले पाउने दुई लाख एक मुष्ट दिन भन्दै सरकारको ध्यानाकर्षण गराएका छौं । संसदमै सभामुखले रुलिङ गर्दा समेत उहाँले सुन्नु भएन । हाउस रोक्दा समेत सरकारलाई कत्तिपनि गम्भीर बनाएन ।’ हाल सम्म ४ हजार वरिवारसंग मात्रै पहिलो किस्ता दिने सम्झौता भएको छ ।
 
एउटा गाविसमा ३ जना कर्मचारी भर्ना गर्न सक्ने तर काम गर्न नसक्ने ? प्रश्न गर्दै उनले भनिन्, ‘वर्खे झरीमा पीडितको कन्तविजोग हुँदा समेत सरकारले काम गर्न सकेको छैन । कर्मचारी भर्ना मात्रै भएका छन् । गाविस सचिवबाटै पनि काम गरेको भए हाल सम्म निकै काम भइसक्ने थियो ।’ त्रिपाल टालेर बसेका पीडितको हैरानी खेपिरहेका छन् ।
 
संसद बस्न सकेन 
व्यवस्थापिका संसदको शुक्रबारको बैठक बस्न सकेन । नयाँ नियमावली अनुसार बैठक बस्न ढिलाई भएपछि सूचना टाँस गरि स्थिगित हुने व्यवस्था छ । संसद कार्यसन्चालन नियमावली २०७३ को ६ (२) अनुसार प्रतिबन्धात्मक व्यवस्थामा बैठकका लागि तोकिएको समय भन्दा २ घण्टा ढिलो भए स्थगित गर्ने उल्लेख छ । 
 
शुक्रबारको बैठक ११ बजेका लागि बोलाइएकामा बस्न ढिलाई भएपछि सभामुख ओनसरी घर्तीले नियमावलीको नियम ६ को उपनियम ३ अनुसार सूचना टाँस गरी बैठक स्थिगित गरेको संसद सचिवालयका प्रवक्ता सुर्दशन कुँइकेलले जानकारी दिए ।        
 
प्रधानमन्त्रीको सम्बोधन तयारी खेर 
प्रमुख विपक्षी दल नेपाली कांग्रेसले उठाएका विषयमा जवाफ दिने प्रधानमन्त्री केपी शर्मा ओलीको तयारी खेर गएको छ । कांग्रेसले बिहीबार भूकम्प पीडितलाई २ लाख एकमुष्ट दिन रकम दिनु पर्ने भन्दै संसद अवरुद्ध गरेपछि शुक्रबार विहान प्रधानमन्त्रीले सरकारी निवासमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका कर्मचारीलाई बोलाएर हाल सम्म पुनःनिर्माण र भूकम्प पीडितलाई दिइने राहतबारे जानकारी लिएका थिए । सोही बैठकमा भएको छलफलका आधारमा प्रधानमन्त्रीले संसदमा जवाफ दिने तयारी थियो । 
सं
सद बैठक सुरु हुनु अघि भएको अनौपचारिक छलफलमा कांग्रेस सांसदहरुले आफूहरुले उठाएको विषयमा प्रधानमन्त्रीले कुनै सम्वाद नै नगरेका बैठक चल्न नदिने सुनाए । संसद अवरुद्ध हुँदा प्रधानमन्त्रीले सम्बन्धित पक्षसँग कुुराकानी गरेर सहमति गर्ने प्रचलन रहेपनि त्यसो हुन नसकेको भन्दै कांग्रेस सांसदहरु खरो रुपमा उभिए । आन्तरिक कुराकानी गर्दा गर्दै बैठक बस्ने समय घर्किएपछिसदन चल्न सकेन । बैठक अब आइतबार बिहान ११ बजे बस्ने छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ