arrow

महाभारत युद्धपछि पाँच पाण्डव, कसले के पाए जिम्मेवारी ?

logo
प्रकाशित २०७७ चैत ८ आइतबार
mahabharat_katha.jpg

काठमाडौं । महाभारत युद्धपछि पाण्डवहरुले हस्तिनापुरको राज्य पाए। महाभारत युद्धका मुख्य पात्र मध्ये एक अर्जुनलाई राजा बनाइएन। उनको स्थानमा जेठादाजु युधिष्ठिरलाई राज्याभिषेक गराइयो ।

महाभारतको शान्ति पर्वका अनुसार अन्य भाइहरुलाई हस्तिनापुर राज्यको अलग-अलग महत्वपूर्ण जिम्मेवारी दिइयो । युधिष्ठिर पछि भीमलाई हस्तिनापुरको उत्तराधिकारी घोषित गरियो । यस बाहेक कयौ मानिसहरुलाई थाहा छैन कि अर्जुन, नकुल र सहदेवले के जिम्मेवारी पाए ।

शान्ति पर्वका अनुसार, युद्धमा जितेर ऋषिहरुको आज्ञा अनुसार पाण्डव हस्तिनापुर गए। त्यहाँ विधि-विधानसँग युधिष्ठिरको राज्याभिषेक भयो । राज्याभिषेकपछि युधिष्ठिरले भीमलाई युवराजको पदमा नियुक्त गरे । काका विदुरलाई राजकाज सम्बन्धी सल्लाह दिने , निश्चय गर्ने तथा सन्धि, विग्रह आदि ६ कुराको निर्णय लिने अधिकार दिइयो ।
 
सेनाको गणना गर्ने , त्यसलाई भोजन र खर्च उपलब्ध गराउने काम नकुललाई सुम्पियो । अर्जुनलाई सेनापति बनाइयो ।  शत्रुको देशमा आक्रमण गर्ने तथा दुष्टलाई दण्ड दिने जिम्मेवारी उनलाई दिइयो । ब्राह्मण, देवताहरुको र पुरोहितीको काममा महर्षि धौम्य नियुक्त भए। सहदेवलाई युधिष्ठिरले आफैसँग रखे।
 
विदुर, संजय र युयुत्सुलाई राजा धृतराष्ट्रको सेवामा रहन र उनको आज्ञा पालन गर्न भनियो । यस प्रकार युधिष्ठिरले अन्य मानिसहरुलाई पनि उनको सामर्थ्यको अनुसार अलग-अलग कामको जिम्मेवारी दिए ।

 



नयाँ