arrow

सम्पर्क समितिको अगुवाइमा कलेजो प्रत्यारोपणका लागि सहयोग सङ्कलन

logo
प्रकाशित २०७७ चैत ९ सोमबार
sahayog.JPG

काठमाडौँ ।  नेपाली कांग्रेस बझाङ-काठमाडौँ सम्पर्क समितिले कलेजो प्रत्यारोपणका लागि सहयोग सङ्कलन गरेको छ । बझाङ जिल्ला जय पृथ्वी नगरपालिका वडा नं. ६ स्थायी घर भएका जगत बहादुर सिंह विगत केही वर्षदेखि गम्भीर बिरामी छन् ।

डाक्टरका अनुसार- कलेजो ड्यामेज भइसकेका सिंहलाई बचाउन कलेज फेर्नु पर्ने हुन्छ । त्यसका लागि कलेजो दिने मानिस पनि तयार भइसकेका छन् तर पैसा जुटाउन नसकेकाले कलेजो फेर्न सकिएको छैन ।

कलेजो फेर्न लाग्ने पचास लाखभन्दा बढी रकम आफैँ जुटाउन विपन्न सिंह परिवारले नसक्ने भएकाले सम्पर्क समिति अघि सरेको हो ।

आजभन्दा चार महिनाअघि सम्पर्क समितिका तर्फबाट  अध्यक्ष शमशेर कुमार बमले सामाजिक सञ्जाल मार्फत सिंहलाई सहयोग गर्न सार्वजनिक अपिल गरेका थिए ।

त्यसयता शमशेर कुमार बमको खातामा १४१७०६ (एक लाख एक चालिस हजार सात सय छ) र  बिरामीको स्वयमको खातामा गरी आजसम्म करिब सात लाख रुपियाँ जम्मा भइसकेको र आफ्नो खाताको रकम बिरामीलाई हस्तान्तरण गरिसकेको कुरा उनले बताए ।

अझै धेरै रकम जुट्न बाँकी रहेकाले मनकारी दानवीर व्यक्तिहरूले अब उप्रान्त एनआइसी एसिया बैकमा खातावाला- विष्णु कुमार सिंहको खाता नम्बर- २८३५७५१०३१३२३००२ रामकोट ब्रान्च काठमाडौँ मा जम्मा गरी सहयोग गर्न सकिने अध्यक्ष बमले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ