arrow

माओवादी केन्द्रले ओली सरकारलाई दिएको समर्थन कायम राख्नु लाजमर्दो : कमल थापा

logo
प्रकाशित २०७७ चैत ९ सोमबार
kamal-thapa_(2)1.jpg

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले पुष्प कमल दाहाल प्रचण्ड नेतृत्वको माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन कायम राख्नु लाजमर्दो भएको टिप्पणी गरेका छन् ।

अध्यक्ष थापाले सामाजिक संजालमार्फत ‘दुई पटक प्रधानमन्त्री भइसकेका प्रचण्डजीले केहीदिन अघिसम्म एउटै पार्टीमा रहेका अध्यक्ष र देशको प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘बर्षौदेखि विदेशीबाट पालित पोषित एजेन्ट’ भनि आरोप लगाएको सुन्दा आश्चर्य लागेकोछ। यस्तो गम्भीर आरोप लगाउने,तर सरकारलाई दिएको समर्थन कायम राख्ने ! लाजमर्दो राजनीति,’ भनेका छन् । 

माओवादी केन्द्रबाट गृहमन्त्री रामबहादुर थापा, उद्योगमन्त्री लेखराज भट्ट, खानेपानी मन्त्री मणिचन्द्र थापा, सिंचाइ मन्त्री प्रभु साह, श्रम मन्त्री गौरीशंकर चौधरी र खेलकुद मन्त्री दावा लामा ओली सरकारमा छन् । उनीहरुलाई माओवादी केन्द्रले २४ घण्टे लिखित स्पष्टिकरण सोधेको थियो भने मन्त्रिपरिषबाट फिर्ता हुन निर्देशन पनि दिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ