arrow

डलरको मूल्य वृद्धि भएसँगै सुनमा प्रतितोला तीन हजारले वृद्धि

logo
प्रकाशित २०७३ असार १० शुक्रबार
gold-pure.jpeg.jpeg
काठमाडौँ। नेपाली बजारमा छापावाल सुन प्रतितोला रु तीन हजारले वृद्धि भएको छ । 
 
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार अन्तर्राष्ट्रिय बजारमा डलरको मूल्यमा वृद्धि भएका कारण अहिले नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको हो । बिहीबार प्रतितोला रु ५६ हजारमा कारोबार भएको सुनको मूल्य आज रु ५९ हजार कायम भई कारोबार भएको महासङ्घले जनाएको छ । 
 
चाँदीको मूल्यमा भने सामान्य वृद्धि भएको छ । बिहीबार प्रतितोला रु ७९५ मूल्य कायम भएको चाँदी आज रु २५ ले वृद्धि भएको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ