एजेन्सी । बलिउड सुपरस्टार सलमान खान आफुले दिएको अभिव्यक्ति विवादित भएपछि पहिलो पटक मुख खोलेका छन् । सलमानले सो अभिव्यक्ति प्रति भने ,' मैले धेरै बोल्ने बानीलाई कम गर्न आवश्यक छ किनभने यी दिनहरुमा म जे बोल्छु त्यसको गलत व्याख्या लगाइन्छ ।'
सलमानले उक्त प्रतिक्रिया आईफा अवर्डको क्रममा दिएका हुन् । अवार्डको शुभारंभलाई सम्बोधन गर्दै सलमानले उनि ज्यादा समय लिन नचाहाने र अहिले उनि जति कम बोल्छन् त्यो नै ठिक हुने बताएका छन् ।
सलमानले चलचित्र सुल्तान सुटिङको क्रममा, उनि सुटिङ पछि एक बलात्कृत महिला जस्तो महसूस गर्ने गरेको कथन गरेका थिए । उक्त अभिव्यक्तिलाई लिएर भारतका कयौ राजनीतिक दल र राष्ट्रीय महिला आयोग द्वारा सार्वजनिक माफी माग्नुपर्ने बताएका थिए ।
सलमानले चलचित्र सुटिङ्ग पछि थकानको कारण सिधा हिडन नसक्ने बताएका थिए । उनले एक अन्तर्वार्तामा भनेका छन् , म सुटिङको क्रममा दिनभरिमा कयौ वजन उचाल्ने गर्दछु ।'
सो अभिव्यक्तिलाई लिएर नेशनल वुमन कमीशनको अध्यक्ष ललिता कुमार मंगलमले आयोगको तर्फवाट सलमानको उक्त बयान प्रति असन्तुष्टि जनाउदै सलामनलाई पत्र काटेकी थिइन् । सो पत्रमा सलमानले किन त्यसो भने सोको स्पष्टिकरण मागिएको थियो ।स्पष्टिकरणको लागि सलमानलाई एनसीडब्लूले ७ दिनको म्याद दिइएको थियो । तर सलमानले कुनै प्रकारको माफि तथा स्पष्टिकरण भने दिएका छेनन् ।