arrow

दक्षिण कोरिया जाने पारा टोलीको बिदाई

logo
प्रकाशित २०७३ असार १० शुक्रबार
para-toli.jpg.jpeg
काठमाडौं । युथ पारा क्याम्पमा सहभागी हुन ४ खेलाडीसहित ६ सदस्यीय नेपाली पारा टोलीको बिदाइ भएको छ । शुक्रबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) का कोषाध्यक्ष सुरेन्द्रबहादुर हमाल र राष्ट्रिय पारालिम्पक कमिटी नेपालका कार्यवाहक अध्यक्ष केदारबाबु सिवाकोटीले उनीहरुलाई एक कार्यक्रमबीच महाराजगन्जमा बिदाइ गरे ।
 
खेलाडीहरुमा हेमकला सुनुवार, भरत बिसी, सर्मिला सिलवाल तथा दीपक नकुल रहेका छन् । टोली नेतामा ओमनाथ सिवाकोटी र अफिसियलमा मेघराज रिजाल छन् । दक्षिण कोरियाको डेंगुमा जुन २७ देखि जुलाई ६ तारिखसम्म हुने क्याम्पमा सहभागी हुन टोली आइतबार त्यसतर्फ जाँदैछ ।
 
सोही अवसरमा ब्राजिलको रियो द जेनेरियोमा सेप्टेम्बर ७ देखि १८ तारिखसम्म हुने रियो पारा ओलम्पिक खेलकुदमा सहभागी हुने दुई खेलाडीलाई पनि बिदाइ गरिएको थियो ।
 
लन्डन ओलम्पिक– २०१२ मा समेत सहभागिता जनाइसकेका विक्रमबहादुर राणाले एथलेटिक्समा प्रतिस्पर्धा गर्ने छन् । पौडीतर्फ लक्ष्मी कुँवरले भाग लिने छिन् । दुवैले वाइल्ड कार्ड कोटाअन्तर्गत सहभागिता जनाउन लागेको पारालिम्पक कमिटीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ