arrow

२९ लाख अमेरिकी डलरमा बिक्यो ज्याक डोर्सीको ट्विट

logo
प्रकाशित २०७७ चैत १० मंगलबार
jack-dorsey.jpg

काठमाडौँ । ट्विटरका संस्थापक ज्याक डोर्सीले ट्विटरको स्थापना गरेपछि लेखेको पहिलो ट्विट २९ लाख अमेरिकी डलरमा बिक्री भएको छ ।  ट्विटरमा गरिएकै पहिलो ट्विट समेत रहेको सो ट्विटमा डोर्सीले सन् २००६ मार्च २२ मा  ‘जस्ट सेटिङ अप माई ट्विटर’ भनेर लेखेका थिए ।

डोर्सीले १५ वर्ष पूराभएपछि दान गर्नका लागि भन्दै आफ्नो ट्विट बिक्रीमा राखेका थिए । डोर्सीले यो ट्विट बिक्री भएपछि प्राप्त रकम बिटकोइनमा परिणत गरेर अफ्रिका रेस्पोन्स फन्डलाई दिने बताएका छन् ।

आजभोलि एनएफटी अर्थात् नन–फंङ्जीएवल टोकनका रूपमा डिजिटल सामग्रीहरू बिक्री हुने चलन बढ्दो छ । डोर्सीको ट्विट पनि एनएफटीका रूपमै बिक्री भएको हो ।

एनएफटीले कुनै पनि डिजिटल सामग्री कसको आधिकारिकतामा छ भनेर प्रमाणित गर्छ । यसको नक्कल गर्न सकिँदैन तर आधिकारिक सोर्स खुलाएर पैसा तिरेर प्रयोग गर्न भने सकिन्छ । फोटो, भिडियोलगायतका कुराहरू पनि एनएफटीका रूपमा बिक्री हुने गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ