arrow

रसिया र केन्याका खेलाडीलाई ‘रियो’ खेल्न आइएएएफको कडा शर्त

logo
प्रकाशित २०७३ असार १० शुक्रबार
rio-de-janeiroOlympics.jpg.jpeg
एजेन्सी । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी आइओसीले शक्तिवर्दक  औषधि डोपिङ परीक्षणमा असफल मानिएका रसिया र केन्याका खेलाडीलाई निश्चित मापदण्ड पूरा गरेपछि मात्रै रियो ओलम्पिकमा सहभागि गराउन कडा शर्त राखेकाे छ । 
 
रसिया र केन्याले डोपिङको नियम उल्लंघन गरेको भन्दै अन्तर्राष्ट्रिय एथ्लेटिक्स महासंघ आइएएएफले यी दुई सदस्य राष्ट्रलाई निलम्बन गरेको थियो । मुलुक निलम्बनमा परेपछि खेलाडीले ब्राजिलमा आउँदो साउनबाट हुने रियो ओलम्पिक खेल्न नपाउने विषयको बहस भइरहँदा आइओसीले खेलाडीका लागि विशेष मापदण्ड तयार पारेको हो । 
 
आइओसीको मापदण्डअनुसार ओलम्पिकमा सहभागी हुने खेलाडीले विशेष डोपिङ परीक्षण गर्नु पर्नेछ । डोपिङ परिक्षणका लागि ११ दिनको समयमात्र बाँकी छ । सो समयमा आफूलाई डोपिङमा सफल प्रमाणित गर्न सके ती दुबै मुलुकका खेलाडीहरुले रियो ओलम्पिक खेल्न पाउनेछन् । यस्तै, रियो ओलम्पिकमा एथ्लेटिक्सतर्फ रसिया र केन्याका कति खेलाडीले प्रतिस्पर्धा गर्न पाउने भन्नेबारे जुलाई १८ मा थाहा हुने छ । 
 
यसका लागि खेलाडीले आउँदो जुलाई ४ तारिखभित्र आइएएएफ महासचिवको कार्यालयमा आफु निर्दोष भएको प्रमाणसहित आवेदन दिनुपर्नेछ । मुख्यतः उनीहरुले आफु निर्दोश भएको प्रमाण दोषी ठहरिएका रुस र केन्याका कुनै निकायबाट नभई स्वतन्त्र निकायबाट पुष्टि गरेर ल्याउनु पर्ने छ । आइएएएफले यस्तो कडा शर्त राखेपछि खेलाडीहरु एक्लै एक्लै स्वतन्त्र निकाय खोज्दै प्रमाण जुटाउन लागि परेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ