arrow

युरो दोस्रो चरणका खेलहरु आजबाट , स्विजरल्याण्ड र पोल्याण्ड भिड्दै

logo
प्रकाशित २०७३ असार ११ शनिबार
Euro_POland_Sui_lew.jpg.jpeg
काठमाडौं। युरो २०१६का दोस्रो चरणका खेलहरु शनिवारदेखि शुरु हुँदैछन्। नेपाली समय अनुसार शनिवार साँझ २ खेल र आईतवार बिहान एक खेल हुनेछन्। 
 
नेपाली समय अनुसार ६:४५मा स्विजरल्याण्ड र पोल्याण्ड आमने सामने हुनेछन्। स्विजरल्याण्ड समुह 'ए'को उपबिजेता हो भने पोल्याण्ड समुह 'सी'को उपबिजेताका रुपमा दोस्रो चरण प्रवेश गरेको हो। युरोमा दुवै टोली पहिलो पटक नक आउट चरणमा पुगेका हुन्। 
 
पोल्याण्डले त यस अघी प्रतियोगितामा कुनै पनि खेल जित्न सकेको थिएन। पोल्याण्डले समुह चरणमा उत्तरी आयरल्याण्ड र युक्रेनलाई पराजित गरेको थियो भने बलियो जर्मनीसँग बराबरी खेल्दै अंक बाँडेको थियो। 
 
त्यसैगरि स्विजरल्याण्डले समुह चरणमा फ्रान्स र रोमानियासँग बराबरी खेल्दै अंक बाँडेको थियो भने अल्बानियालाई पराजित गरेको थियो। 
 
पोल्याण्डका स्टार खेलाडी रोबर्ट लेवन्डोस्कीले अझै युरोमा गोलको खाता खोल्न सकेका छैनन्। उनले छनौट चरणमा आफ्नो टोलीकालागि १३ गोल गरेका थिए। उनको खेलले आजको नतिजामा प्रभाव पार्ने निश्चित रहेको छ। 
 
दुवै टोलीले एक अर्का बिरुद्ध १० खेल खेलेका छन् । स्विजरल्याण्डले १ खेलमा जित हात पारेको छ भने पोल्याण्डले ४ खेलमा बिजय प्राप्त गरेको छ। पाँच खेल बराबरीमा सकिएको छ। 
 
दुई टोली अन्तिम पटक नोवेम्बर २०१४मा मैत्रीपुर्ण खेलमा भेटेका थिए। उक्त खेल २-२ गोलको बराबरीमा सकिएको थियो। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ