arrow

अबिरल वर्षाले विराटनगर डुबानमा

logo
प्रकाशित २०७३ असार ११ शनिबार
biratnagar.jpg.jpeg
विराटनगर । आज बिहानदेखि जारी अबिरल वर्षाका कारण विराटनगरको दर्जनौ घरमा पानी पसेको छ भने सडकहरु भरिएर दुई फिटमाथिबाट पानी बगिरहेको छ । 
 
विराटनगरमा सडक विस्तार र ढल निर्माणको काम भइरहेको कारण पानीको समुचित निकास हुन नपाउँदा अधिकांश व्यक्तिको घरमा पानी पसेको हो । 
 
बिहान ५:३० बजेदेखि जारी अबिरल वर्षाले गर्दा बसपार्क डुबानमा परेका छन् । बजारका मुख्य सडक पनि जलमग्न अवस्थामा देखिन्छन् । मानिस घरबाट बाहिर निस्कन आँट गरिरहेका छैन् । 
 
लगातार वर्षाका कारण विराटनगर विमानस्थलसमेत प्रभावित भएको छ । बिहानदेखि कुनैपनि विमान अवतरण नभएको विराटनगर विमानस्थलले जनाएको छ । 
 
निरन्तर रुपले वर्षा भइरहेका कारण मोरङ जिल्ला भएर बग्ने नदीको जलस्तर वृद्धि भएको छ । बाढीबाट अतिप्रभावित मधुमल्ला र हसन्दहको जनजीवन कष्टकर बनेको छ । 
 
ती दुई गाविसमा केही दिनअघि खोलाको पानी पस्दा ५० भन्दा बढी परिवार विस्थापित भएका थिए । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ