arrow

पाँचथरमा माओवादी केन्द्र परित्याग गरेका युवा राप्रपा भित्रिए

logo
प्रकाशित २०७७ चैत १५ आइतबार
panchtar-.JPG

पाँचथर । पाँचथरका माओवादी केन्द्र परित्याग गरेका युवाहरु  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गरेका छन् ।  माओवादी केन्द्र परित्याग गरी राप्रपामा प्रवेश गर्ने युवाहरूलाई पार्टी नेता सगुन सुन्दर लावतीले स्वागत गरेका छन् ।

‘हिजो जे जस्तो भनिए पनि, निष्पक्ष राष्ट्रप्रमुख र अभिभावकको भूमिकामा नेपाली जनताले राजसंस्था र सनातन हिन्दु राष्ट्रको माग गरेका छन् । नयाँ नेपालको नारा र बाचाले लक्षित परिवर्तन र समृद्धि प्राप्त गर्न सकेन, समावेशी संरचना र पहिचान स्थापित गर्न सकेन, त्यसैले जनताले विकल्प खोजेका छन्,’ नव प्रवेशीहरुलाई स्वागत गर्दै राप्रपाका केन्द्रीय सम्पादन समिति सदस्य तथा प्रदेश नं १ का उपाध्यक्ष लावतीले भने ।

‘परिवर्तनका संवाहक हौँ भन्ने दल र पात्रहरूले जनतालाई भन्ने केही बाँकी रहेन । यस कारण देश र राजनीति नयाँ शिराबाट अघि बढ्नु आवश्यक भएको हो,’ नेता लावतीले भने ।

मिक्लाजुङ–१, सराङ डाँडामा सम्पन्न राप्रपा वडा भेलामा माओवादी पार्टी परित्याग गरी राप्रपामा प्रवेश गर्नेहरूमा अबीरमान राई, हर्क चाम्लिङ, देउकुमार चाम्लिङ, जीतबोल राई लगायत १५ जना थिए ।

वडा भेलालाई सम्बोधन गर्दै राप्रपा पाँचथरका अध्यक्ष राजकुमार जोशीले पार्टीको महाधिवेशनबाट प्राप्त हुने नेतृत्वले देश र जनताको समस्या सम्बोधन गर्ने दाबी गरे ।

 राप्रपा पाँचथरका जिल्ला सचिव कमल कुमार राईले भने, राप्रपा जनताको पार्टी हो, यही रूपमा अघि बढी रहने छ । भेलाका सहभागीहरूले स्वर्गीय नेता पद्म सुन्दर लावतीको पदचिह्नमा जनताको सेवामा निरन्तर अग्रसर हुनु पर्ने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ