arrow

गारेथ बेलको उत्कृष्ठ लय जारि रहे आयरल्याण्डलाई गाह्रो पर्ने

logo
प्रकाशित २०७३ असार ११ शनिबार
Euro_Bale.jpg.jpeg
काठमाडौं। आज हुने  युरोकप- अन्तर्गतको प्रि- क्वाटर फाइनल को दोस्रो  वेल्स र उत्तरी आयरल्याण्ड अन्तिम आठको लागि मैदानमा भिड्दै छन्। आफ्नो पहिलो युरोकप खेल्ने क्रममा यि दुई टोलीले पहिलो पटकको सहभागितामा नै अन्तिम १६ मा स्थान  बनाएका हुन्। 
 
आफ्नो पहिलो अन्तराष्ट्रिय प्रतियोगितामा नै पहिलो पटक पाएको सफलताको कारण आफ्नो खेलमा उच्च मनोबलको साथ मैदानमा उत्रने तयारीमा रहेको उत्तरी आयरल्याण्ड र सन् १९५८को विश्वकपमा ब्राजिलसँग क्वार्टरफाईनलमा पराजित वेल्सको खेल रोमाञ्चक हुने पक्का रहेको छ। 
 
फर्ममा रहेका गारेथ वेल्सका कारण वेल्सको संभावन धेरै देखिएको छ। सन् १९९२ मा थओमस ह्यास्लर पछि युरोमा २ गो फ्रिकिकमा हान्ने बेल पहिलो खेलाडी हुन्। उनको फर्मले वेल्सको जित-हारमा प्रभाव पार्ने निश्चित देखिएको छ। 
 
हाल सम्म  ८ पटक मैदानमा भिडेका यी टोली जसमा वेल्स ३ तथा उत्तरी आयरल्याण्ड १ पटक विजयी भएका छन्।  भने ४ खेल बराबरीमा सकिएको छ। 
 
वेल्स
समुह चरणमा समुह ’बि' मा रहेको  वेल्स उक्त समुहको  बिजेता  अन्तिम १६ मा प्रवेश  गरेको हो । गेराथ वेलको कप्तानीमा रहेको वेल्स इङ्गल्याण्ड सग २-१ गोल अन्तरले पराजित हुन पुगे पनि बाकी २ खेल जित्दै समुह  बिजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको हो ।  उसको पहिलो युरोमा रियाल मड्रिडका स्टार गारेथ बेलबाट ठूलो आशा रहेको छ।  रियाल मड्रिड स्टार ग्यारेथ बेल रहेको यो टोलीले युरोकपमा कस्तो प्रदर्शन गर्नेछ भन्ने पूर्णतः उनीमा भर पर्नेछ । समुह चरणको खेल सकिदासम्म  सम्म ३ गोल गर्दै सर्वाधिक  गोलकर्ताको सुचीमा पहिलो स्थानमा रहेका उनीमाथि आफ्नो प्रि- क्वाटर फाइनल  खेलमा पुर्ण रुपमा टोली निर्भर रहेको छ।
 
हाल फिफा वरियताको २६औं स्थानमा रहेको वेल्सको  अक्टोबर २०१५ मा आठौं स्थानमा रहेको वेल्स सन् २०११ अगस्तमा ११७औं स्थानमा रहेको थियो ।
 
सन् १९५८ मा विश्वकप फुटबल खेलेको वेल्सले त्यसपछि कुनै पनि विश्वकपमा छनौट चरण पार गर्न सकेन । आर्सनलका आरोन राम्से, लिभरपुलका जो एलेन, लेस्टरका एण्डी किंग सम्मिलित टोलीले यसपटक युरोमा राम्रो प्रदर्शन गर्ने अपेक्षा गरिएको छ।
 
 
 
समुह चरणको खेलमा वेल्सको प्रदर्शन
 
वेल्स २-१ स्लोभाकिया
वेल्स १-२ इङ्गल्याण्ड
वेल्स ३-० रूस
 
उत्तरी आयरल्याण्ड
आफ्नो पहिलो युरोकप खेल्ने क्रममा  कठिन मानिएको समुह  सि""    मा परेको यो टोली समुह चरणमा २ हार तथा १ जित गरेर ३ अंक हासिल गर्दै 'वेष्ट अफ थर्ड" को शिर्ष ४ मा अटाउदै अन्तिम १६ मा परेको हो। 
 
युरो छनोट चरणको समूह आफ्नो समूहको १० खेलमा ६ जित तथा ३ बराबरी खेल्दै १ खेलमा मात्र पराजित हुन पुगेको थियो। 
तीन पटक विश्वकप खेलेको उत्तरी आयरल्याण्डको यो पहिलो युरो सहभागिता हुनेछ। सन् १९५८, १९८२ र १९८६मा विश्वकपमा सहभागिता जनाईसकेको उत्तरी आयरल्याण्डले सन् १९८२को विश्वकपमा क्वार्टरफाईनलसम्मको यात्रा तय गरेको थियो।
 
फिफा बरियतामा २५औं स्थानमा रहेको उत्तरी आयरल्याण्ड समुह 'सी'मा विश्वकप बिजेता जर्मनी, पोल्याण्ड र युक्रेन रहेको समुहमा छ। उत्तरी आयरल्याण्ड युरो छनौटमा आफ्नो समुहमा पहिलो भएर छनौट भएको हो। आरोन हुग्स, केल लार्फर्टी उसका प्रमुख खेलाडी हुन।
 समुह चरणको खेलमा उत्तरी आयरल्याण्डको  प्रदर्शन
 
उत्तरी आयरल्याण्ड ०-१ पोल्याण्ड
उत्तरी आयरल्याण्ड २-० युक्रेन
उत्तरी आयरल्याण्ड ०-१ जर्मनी
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ