arrow

रोनाल्डो अर्को किर्तिमान नजिक, क्रोएसियाको मनोबल उच्च

logo
प्रकाशित २०७३ असार ११ शनिबार
Euro_Ronaldo.jpg.jpeg
काठमाडौं। युरो २०१६को नकआउट चरण (राउण्ड अफ सिक्सटिन)मा पोर्चुगल र क्रोएसिया नेपाली समय अनुसार आइतवार १२:४५ बजे बिहान आमने सामने हुँदैछन्। 
 
पोर्चुगलका स्टार क्रिस्टियानो रोनाल्डोले समुह चरणको अनतिम खेलमा हंगेरी बिरुद्ध २ गोल गर्दै देखाएको लयले पोर्चुगल आशावादी रहेको छ। उनको त्यही २ गोलका कारण समुहमा तेस्रो हुँदै पोर्चुगलले दोस्रो चरणको यात्रा तय गरेको थियो।
 
रोनाल्डोले युरो २०१६मा एक रेकर्ड राखिसकेका छन् भने अर्को रेकर्डको संघारमा उभिएका छन्। सन् २००४ देखि सन् २०१६सम्म सबै युरो संस्करणमा गोल गरेको रेकर्ड उनले हंगेरी बिरुद्ध गोल गर्दे बनाएका हुन्। 
 
उनले ४ संस्करणमा ८ गोल गर्दै फ्रान्सका माईकल प्लाटिनीको ९ गोलको रेकर्ड बराबरीकालागि १ गोल गर्न पर्ने छ। उनले क्रोएसिया बिरुद्धको खेलमा १ गोल गरेमा युरोमा सबैभन्दा बढी गोल गर्ने खेलाडीको रेकर्ड पनि आफ्नो नाममा राख्ने छन्। 
 
समुह 'डी'मा रहेको क्रोएसियाले समुह चरणका तीन केलमा २मा जित र १ बराबरी खेल्दै पहिलो भएको थियो। स्पेन र टर्कीलाई पराजित गरेको क्रोएसियाले चेक गणतन्त्रसँग बराबरी खेलेको थियो। 
 
क्रोएसियाका स्टार खेलाडी लुका मोडरिचले घाईते भएका कारण समुह चरणको अन्तिम खेल केलेका थिएनन्। उनी पोर्चुगल बिरुद्धको केलमा भने स्वस्थ भैसकेका छन् र खेल्ने टिम रिपोर्टबाट थाहा भएको छ। 
 
क्रिस्टियानो र मोडरिच देवै रियाल मड्डरिडका अब्बल खेलाडी हुन्। दुवैको गोल गर्ने क्षमता रहेको छ। दुई टोली बिचको खेलमा जल्ले दवाबलाई जित्न सक्यो खेल उस्को पोल्टामा जाने छ। 
 
समुह चरणमा एक खेल पनि नजितेको पोर्चुगल र गत संस्करणको बिेजता स्पेनलाई हराएको क्रोएसिया बिचको खेलमा क्रोएसियाको मनोबल उच्च रहेकोछ । हंगेरी बिरुद्धको २ गोलले क्रिस्टियानोको मनोबल उच्च रहे पनि पोर्चुगलले आफ्नो रक्षापंक्तिमा रहेको समस्याको नोवारण गर्न नसकेमा खेल क्रोएसियाको पकष्मा जान सक्ने छ। 
 
यसअघि दुई टोली ३ पटक आमने सामने भएका छन् र तीनै पटक पोर्चुगल बिजयी रहेको छ। सन् १९९६को युरोमा दुई टोली बिच भएको खेलमा पोर्चुगल ३-०ले बिजयी रहेको थियो। 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ