arrow

सरकार यातायात व्यवसाय समाप्त पार्ने खेलमा

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७३ असार ११ शनिबार
yatayat.jpg.jpeg
स्याङ्जा । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका कार्यबहाक अध्यक्ष डोलनाथ खनालले सरकार यातायात व्यवसाय समाप्त पार्ने खेलमा लागेको आरोप लगाएका छन् । “सरकार भन्दा बाहिर रहदा दलका नेताहरु यातायात व्यवसायी मैत्री भए जस्तो देखाउँछन् ।”
 
 कार्यबहाक अध्यक्ष खनालले स्याङ्जाको काली गण्डकी यातायात व्यवसायीको नबौं साधारण सभा तथा चाथौं अधिबेशनको उद्घाटन गर्दै भने, “नेताहरु जब सरकारमा पुग्छन्, व्यवसायीलाई पेल्न थाल्छन् ।” सरकार यही रुपले अगाडी बढ्ने काम गर्ने हो भने हाम्रो आन्दोलन जारी हुने खनालले बताए । “व्यवसायीले उठाएका मागहरुलाई सरकारले हल्का रुपमा लिएको छ ।” खनालले भने, “हाम्रा मागहरुलाई यसरी नै लिने हो भने कडा भन्दा कडा आन्दोलन थालिनेछ ।” निजी क्षेत्रको मात्रै लगानी भएको यातायात व्यवसायलाई संरक्षण गर्नुको सट्टा सरकार व्यवसायीलाई कष्ट दिदै आएको उनले बताए ।
 
“जुन निकायसँग छलफल गरेर नीति नियम बनाउनु पर्ने हो त्यहि निकायसँग सरकार छलफल गर्न तयार देखिदैन् ।” खनालले भने, “व्यक्तिबादीका आधारमा नीति नियम बनाउनाले यातायात व्यवसायीमा अन्यौता सृजना भएको छ । ”
 
अधिबेशनको उद्घाटनका अवसरमा नेपाल यातायात व्यवसायी समितिका महासचिव सरोज सिटौलाले समस्याको निकास राजनीति स्तरबाटै खोजिनु उपयुक्त भएको बताए । व्यवसायी र राजनीतिज्ञकाबीचमा सहकार्य नभए व्यवसायीक अस्थिरता कायम रहने उनले बताए । “हामी समस्यालाई बल्झाएर अन्यौललाई लम्बाउन चाहादैनौं ।” महासचिव सिटौलाले भने, “आएका समस्यालाई हल गर्दै यात्रु मैत्री र उपभोक्ता मुखी हुन जरुरी छ ।”
 
 आलोपालो प्रणालीलाई राज्य पक्षले सिन्डीगेड भन्दै आएपनि त्यसको विकल्प दिन नसकेको उनको भनाई थियो । “राजनीतिज्ञहरु निजी क्षेत्रको संरक्षण गरेर आर्थिक विकासमा लाग्नुको सट्टा व्यवसायीबीच दरार सृजना गर्दै राजनीति गर्दै आएका छन् ।” कार्यक्रमका अर्का बक्ता नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका कोषाध्यक्ष सुरेश पौडेलले भने, “नेताहरुको सहि नीति नहु“दा हरेक क्षेत्र धाराशाही भएका छन् ।” 
 
“व्यवसायी क्षेत्रमा देखिएका अन्यौलतालाई हटाउन सरकारले अग्रसरता देखाउन सक्नुपर्छ ।” कोषाध्यक्ष पौडेलले भने, “सरकारको यहि हैकम रहे व्यवसायी पनि पछाडी हटदैन् ।” ग्रामिण क्षेत्रमा रहेर जनताको सेवा प्रवाह गर्दै आएका साना यातायात व्यवसायी समितिलाई सरकारको गतल नीतिका कारण अफठ्यारो भएको कालीगण्डकी यातायात व्यवसायी समितिका अध्यक्ष श्यामप्रसाद बस्यालले बताए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ