arrow

'कोपा अमेरिका उपाधि नजिते खेलाडीहरुलाई घर नफर्किन म्याराडोनाको चेतावनी'

logo
प्रकाशित २०७३ असार ११ शनिबार
maradona.jpg.jpeg
काठमाडौँ ।  विश्व फुटबलका सुपरस्टार तथा अर्जेनटिनी फुटबलका महान हस्ती डिएगो म्यारोडोनाले  अमेरिकामा जारि  ४७ औ कोपा अमेरिका अर्जेन्टिनाले जित्ने विश्वास ब्यक्त गरेका छन्। उनले एक अनलाइनसँग कुरा गर्दै भने 'म पुर्ण रुपमा विश्वस्त छु की यो उपाधि हामी जित्ने छौ ,यो पटकको  उपाधि  पनि खेलाडीहरुले  जित्ने सकेनन् भने उनिहरुलाई घर फर्कने कुनै अधिकार छैन्।'
 
 जुन २६ मा मेटलाइफ खेल मैदानमा हुने  खेलमा प्रतियोगितामा बलियो मानिएको अर्जेन्टिनाले डिफेन्डिङ्ग च्याम्पियन चिल्लीको सामना गर्दैछ।  एक वर्ष अगाडीको फाइनल खेल निर्धारित समयमा बराबरीमा टुङ्गिए पछि  टाईब्रेकरमा अर्जेन्टिनालाई पराजित गर्दै चिलीले उपाधि जितेको थियो। तर यो सिजनको पहिलो खेलमै अर्जेनटिनाले चिल्लीलाई २-१ ले पराजित गर्दै  सुखद सुरुवात गरेको थियो।  
 
जारी प्रतियोगितामा उच्च फर्ममा रहेका अर्जेन्टिनाका खेलाडीहरुको आफ्नो खेल जिवनको पहिलो अन्तराष्ट्रिय उपाधी जित्नु बाहेकको अन्य कुनै बिकल्प छैन्। अर्जेन्टिनाले विश्व स्तरिय प्रतियोगिता अन्तर्गत विश्वकप सन् १९८६मा जितेको थियो भने कोपा अन्तिम पटक सन् १९९३मा १४औ पटक  जितेको थियो। २३ बर्षको उपाधि खडेरीलाई बलियो मानिएको अर्जेन्टिनाले रोक्ने विश्वास खेलप्रेमीहरुले गरेका छन्। 
 
सन् १९८६मा विश्वकप जित्दा अर्जेन्टिनाका कप्तान रहेका म्याराडोनाले बलियो मानिएको अर्जेन्टिनाले जित्ने भविष्यवाणी मिल्ने संभावना धेरै देखिएको छ। जारि प्रतियोगितामा उच्च फर्ममा रहेका उसका  स्टार लियोनल मेस्सी उसको प्रमुख हतियार हुन् उनले ४ खेलमा ५ गोलगरिसकेका छन् भने ४ गोलका लागि पास उपलब्ध गराएका छन्।  अर्जेन्टिनाको लागि खेलेको कुल १ सय १२ खेलमा उनले ५५ गोल गर्दै अर्जेन्टिनाको लागि सर्वाधिक गोलकर्ता बनेका हुन्।  आफ्नो पहिलो अन्तराष्ट्रिय उपाधिको नजिक पुगेका उनिमाथि फाइनलमा राम्रो प्रदर्शन गर्दै आफ्ना समर्थकलाई पहिलो अन्तराष्रिु य उपाधि उपहार दिनुपर्ने दबाब रहेको छ। 
 
सन् २०१४ को विश्वकपको फाइनलमा जर्मनीसग पराजित हुदै उप बिजेतामा सिमित भएको अर्जेन्टिनाले अन्तराष्ट्रिय उपाधि नजितेको २३ वर्ष भएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ