arrow

संविधान कार्यान्वयन गर्न दल एक हुनुपर्छ : पूर्वराष्ट्रपति यादव

logo
प्रकाशित २०७३ असार ११ शनिबार
rambaran-ops.jpg.jpeg
काठमाडौँ । पूर्व राष्ट्रपति डा रामवरण यादवले संविधान कार्यान्वयनका लागि दलहरु एकजुट हुनुपर्ने बताएका छन् । 
 
तारकेश्वर नगरपालिकामा रहेका विद्यालयका प्रवेशिका परीक्षामा सम्मिलित विद्यार्थी तथा विद्यालयलाई सम्मान कार्यक्रममा बोल्दै पूर्व राष्ट्रपति डा यादवले नेपाली जनताको ठूलो त्याग र तपस्याबाट संविधान निर्माण भएको भन्दै यसलाई कार्यान्वयन गर्न प्रमुख दलबीच एकता आवश्यक रहेको बताए । 
 
उनले भने  – “सबैलाई समेट्नेखालको संविधान ल्याउन सफल भएका छौँ, यो जनताको ठूलो बलिदानबाट आएको छ, संविधानको सफल कार्यान्वयन गरेर लागू गर्न दलहरु एकजुट भएर लाग्नुपर्छ ।” डा यादवले संविधान कार्यान्वयन गर्दा हिमाल, पहाड र तराईलाई समेट्नुपर्ने बताए । उनले जुनसुकै विषय पढे पनि राम्रो हुने बताउँदै यो वा त्यो विषयभन्दा देशको सेवा गर्ने शिक्षा आवश्यक रहेको स्पष्ट पारे । 
 
कार्यक्रममा नेपाली काँग्रेस काठमाडौँ क्षेत्र नं ६ का सांसद भीमसेनदास प्रधानले मुलुकमा विकास गराउनका लागि व्यवहारमुखी शिक्षा आवश्यक रहेको स्पष्ट पारे । प्रधानले रोजगारमुखी शिक्षा अहिलेको आवश्यकता रहेको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ