arrow

भारतमा ट्रक र जिप ठोक्किदा १५ को मृत्यु

logo
प्रकाशित २०७३ असार ११ शनिबार
india-map-and-flag-1310791.png.png
नयाँ दिल्ली । भारतको महाराष्ट्र राज्यमा शुक्रबार बिहान भएको सडक दुर्घटनामा परी जिपमा रहेका कम्तीमा पनि १५ जनाको ज्यान गएको छ ।  उक्त दुर्घटना शुक्रबार साँझ भएको थियो । त्यस दुर्घटनामा परी अरु केही यात्रु घाइते पनि भएका छन् । 
 
महाराष्ट्रको नागपुर सुरत जिल्लामा शुक्रबार साँझ विपरीत तर्फबाट आइरहेको एक जिप र अर्को एक ट्रक आपसमा ठोक्किन पुगेका थिए । यसरी भएको दुर्घटनामा परी ज्यान जाने व्यक्तिको सङ्ख्या १५ पुगेको महाराष्ट्र प्रहरीले जानकारी दिएको छ । 
 
मालबाहक ट्रकसँग जिप ठोएिको थियो । जसका कारण उक्त जिपमा रहेका यात्रुको ज्यान गएको हो । त्यस भारतीय क्षेत्रमा सडक दुर्घटना निकै नै हुने गर्दछ ।  भारतमा बाटोको बिकटता एवम् सवारी साधनको चुस्त अवस्थाको अभावमा पनि यस्ता दुर्घटनाहरु निकै नै हुने गर्दछन् । सिन्ह्वा 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ