arrow

साताको नेप्से : सात अर्ब बढीको कारोबार

logo
प्रकाशित २०७३ असार ११ शनिबार
Nepal-Stock-exchange.jpg.jpeg
काठमाडौँ । सेयर बजारमा यससाता नेप्से परिसूचक ४४ अङ्कले बढेर एक हजार ६६६.९९ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्चेन्जकाअनुसार साताभर १४७ कम्पनीको रु सात अर्ब ८२ करोड बराबरको एक करोड १० लाख कित्ता सेयर खरिद बिक्री भएका छन् । 
 
नेप्से परिसूचक बढेको देखिए पनि कारोबार भने अघिल्लो साताको तुलनामा १५.७६ प्रतिशत कम रहेको छ । गतसाता १४९ कम्पनीको रु नौ अर्ब ३० करोड बराबरको एक करोड ५२ लाख कित्ता सेयर खरिद बिक्री भएका थिए । 
 
समूहगत रुपमा यस साता बिमा समूहको सबैभन्दा बढी कारोबार भएको छ । बिमा समूहमा लगानीकर्ता ओइरिएपछि कारोबार बढी भएको स्टकले जनाएको छ । 
 
बिमा समूहमा ३१९ अङ्कले बढेको छ भने जलविद्युत् समूह १८६ अङ्कले अगाडि रहेको छ । वाणिज्य बैंक समूह ४२, विकास बैंक समूह २०, फाइनान्स समूह ३, होटल ३२ र उत्पादनमूलक समूहले भने ३४ अङ्कले अग्रता लिएको थियो । 
 
यस्तै समूह ‘क’ को मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा नौ प्रतिशतले बढेर साताको अन्तिम दिन ३५९.३९ अङ्कमा पुगेको थियो । 
 
सो अवधिमा कारोबार रकमको आधारमा रु ४३ करोड ९४ लाख बराबरको कारोबार गरेर लुम्बिनी जनरल इन्स्योरेन्स अगाडि रहेको थियो । यस्तै रु ३९ करोड बराबरको कारोबार गर्दै नेसनल लाइफ इन्स्योरेन्स दोस्रो, रु ३२ करोड कारोबार गरेर शिखर इन्स्योरेन्स तेस्रो, रु २८ करोड कारोबार गरेर सानिमा माई हाइड्रो चौथो र रु २३ करोड कारोबार गर्ने नेको इन्स्योरेन्स पाँचौ स्थान रहेका थिए । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ