arrow

राष्ट्र बैंकले आइतबार १० अर्बको ऋणपत्र जारी गर्दै

logo
प्रकाशित २०७३ असार ११ शनिबार
nepal-rastra-bank.jpg.jpeg
काठमाडौँ । नेपाल राष्ट्रबैंकले भोलि अर्थात् आईतबार १० अर्बको ऋणपत्र जारी गर्ने भएको छ । बजारमा अत्यधिक मात्रामा रकम थुप्रिएपछि राष्ट्र बैंकले सो परिणाममा राष्ट्र बैंक ऋणपत्र जारी गर्न लागेको हो । 
 
आइतबार अहराह्न ३ बजेसम्म क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले उक्त ऋणपत्र खरिद गर्न सक्ने जनाएको छ । तरलतालाई केही हदसम्म भए पनि नियन्त्रण गर्ने लक्ष्यका साथ बैंकले ऋणपत्र मार्फत बजारबाट रकम उठाउन लागेको हो । बैंकले एक सूचना मार्फत ऋणपत्र खरिदमा सहभागी हुन आग्रह गरेको छ । ऋणपत्र भने बोलकबोलबाट बिक्री वितरण गरिने जनाइएको छ । 
 
ऋणपत्र खरिद गर्न चाहनेले अनलाइन मार्फत पनि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ । बोलकबोलमा सबैभन्दा कम ब्याजदरको प्रस्ताव गर्नेले ऋणपत्र खरिद गर्न पाउने व्यवस्था गरिएको बैंकले सार्वजनिक गरेको सूचनामा जनाइएको छ । ऋणपत्रको ब्याजदर भने हरेक ५ महिनामा भुक्तानी दिइने छ । 
 
ऋणपत्र खरिद गर्न चाहनेले एक करोडले भाग गर्दा निःशेष भाग जाने गरी १० अर्ब रूपैयाँसम्मका लागि आवेदन दिन सक्ने व्यवस्था पनि राष्ट्रबैंकले गरेको छ । बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन धितोका रुपमा ऋणपत्र राख्न सकिने छ । 
 
पछिल्लो समय लगानीका अवसर निर्माण हुन नसक्दा बैंक तथा वित्तीय संस्थामा रकम थुप्रिएको छ । केन्द्रीय बैंकका अनुसार बैंकिङ क्षेत्रमा हाल एक खर्ब रूपैयाँ भन्दा बढीको तरलता रहेको छ । तरलता व्यवस्थापन गर्न अनेकौँ उपाय अवलम्बन गर्दै आएको बैंकले व्याजदर घटाएर भए पनि लगानी बढाउन अन्य बैंक तथा वित्तीय संस्थालाई आग्रह गर्दै आएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ