arrow

जनसम्पर्क समिती जापान कान्तोमा लक्ष्मण र एकेन्द्रको समर्थन सापकोटालाई

logo
प्रकाशित २०७३ असार ११ शनिबार
yaduram-sapkota.jpg.jpeg
जापान। नेपाली जनसम्पर्क समिती जापान कान्तो क्षेत्रीय तेस्रो अधिबेसन जुन २६ आईतबार २ चरणमा टोकीयो कामातामा हुने भएको छ। केन्द्रको अधिबेसन नजिकिदै गर्दा हुन लागेको अधिबेसनले कान्तो क्षेत्रमा रहने काँग्रेसहरुमा नेतृत्वको दाबी गर्दै चुनाबी सरगर्मी बढेको छ। 
 
कार्यसमिती र निर्वाचन कमिटी अधिबेसनको तयारीमा लाग्दै गर्दा बाहिर भने उमेद्वारी घोषणा गर्ने र सहमतीको लागि अधिकतम प्रयासहरु भइरहेका छन्। धेरै पहिले देखी संयोजक पदमा उमेदवारी घोषणा गरेर छलफल थालेका लक्ष्मण थापा र एकेन्द्र थापाले अर्का उमेदवार यदुराम सापकोटालाई समर्थन गर्ने पनि निश्चित भएको बताइएको छ। दुई जना प्रभावशाली थापाहरुको समर्थन सापकोटालाई हुने भएपछि यतीबेला यदुराम सापकोटा र टिकाराम खरेल भिड्ने संभावना बढेको छ। 
 
लक्ष्मण थापाको प्रस्ताब तथा अकेन्द्र थापा, रामबहादुर कार्की, सुजन खड्का, बिमानसिङ मोक्तान, हरीचन्द्र बिष्ट, गणेश बिस्ट, शरदराज लामिछाने, तिर्थनाथ सापकोटा, नान्सु पाण्डे, केशब पौडेल, अमृत आचार्य फडिन्द्र शर्मा लगायतको समर्थनमा सापकोटा उमेदवार बन्न लागेका हुन् भने टिकाराम खरेलको तर्फबाट नाम आउन बाँकी छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ