arrow

कोलम्बिया कोपा अमेरिकाको तेस्रो स्थानमा, अमेरिका पराजित

logo
प्रकाशित २०७३ असार १२ आइतबार
Copa_Third_Place.jpg.jpeg
काठमाडौं। कोपा अमेरिका फुटबलको तेस्रो स्थानकालागि भएको खेलमा कोलम्बिया बिजयी भएको छ। आयोजक अमेरिकासँगको खेलमा कोलम्बिया १-० गोलले बिजयी भएको हो। 
 
खेलको ३१औं मिनेटमा कार्लोस बाकाले गोल गर्दै कोलम्बियालाई अग्रता दिलाएका थिए। उनको त्यही गोल नै कोलम्बियालाई तेस्रो स्थान दिलाउन निर्णायक रहेको थियो। 
 
प्रतिस्पर्धात्मक खेलमा दुवै पक्षहरुबाट केही राम्रा आक्रमणहरु भएका थिए तर थप गोल नहुन सक्दा १ गोल नै निर्णायक सावित भएको थियो। 
 
खेलको ९०औं मिनेटमा अमेरिकाका माईकल ओरोज्को र कोलम्बियाका सान्टियागो आरिअसले रातो कार्ड पाउँदै बाहिरिएका थिए। दुवै खेलाडी एक अर्का बिरुद्ध भिडेपछि रातो कार्ड देखाइएको थियो। 
 
आयोजक अमेरिकालाई सेमीफाईनलमा अर्जेन्टिनाले पराजित गरेको थियो भने कोलम्बियालाई चिलीले पराजित गरेको थियो। अर्जेन्टिना र चिली कोपा अमेरिकाको उपाधिकालागि भिड्दैछन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ