arrow

गङ्गासँग शन्तनुको प्रेम, सात छोरा डुबाएर मार्दा पनि भनेनन् केही

शन्तनुको कथा

logo
महाभारत १,
प्रकाशित २०७७ चैत २२ आइतबार
Santanu-and-Ganga.jpg

शन्तनु एक प्राचीन राज्यका राजा थिए जसको राजधानी हस्तिनापुरमा थियो। उनी एक महान् योद्धा थिए र आफ्नो  विद्वताको लागि प्रसिद्ध थिए। कुरु राजा शन्तनुको राज्य धेरै समृद्ध र खुसीयाली थियो।

एक दिन राजा शन्तनु जङ्गलमा घुम्दै गङ्गा नदीको किनारमा पुगे। उनी आफ्नो रथबाट ओर्लेर चिसो हावामा टहल्ने आनन्द उठाउन थाले  । तब एकाएक उनले नजर एक सुन्दरीमा पर्‍यो , जो गङ्गाको पानीले घडा भर्दै थिइन्। पहिलो हेराइमा, उनी सुन्दर युवती प्रति आकर्षित भए र उनीकहाँ गए र भने, "ए सुन्दरी, तिमी को हौ?" "तपाईँ मेरो बारेमा किन जान्न चाहनुहुन्छ र म किन तपाईँ जस्तो अज्ञात मानिसलाई मेरो परिचय दिऊँ?" युवतीले जवाफ दिइन्।

युवतीको कुरा सुनेपछि शन्तनुले भने, "सुन्दरी, म तिमीसँग पहिलो पटक प्रेममा परेकी छु। तिम्रो यो अतुलनीय सुन्दरताले मलाई मोहित गर्‍यो। के तिमी मसँग विवाह गर्न चाहन्छौ? "

त्यतिन्जेलमा ती युवती राजा शन्तनुप्रति पनि आकर्षित भइसकेकी थिइन्। यस कारण उनले भनिन्, "हे राजन, म अवश्य पनि तपाईँसँग विवाह गर्छु, तर त्यसको लागि तपाईँले मेरो एक सर्त मान्नु पर्नेछ।"

राजा शन्तनु, जो अबसम्म पूर्ण रूपमा युवतिको मोह जालमा फसिसकेका थिए । उसको कुरा सुनेर आश्चर्य हुँदै भने, " भन देवी, तिम्रो के सर्त हो ?"

"हे राजन, म यस सुन्दर नदीकी देवी गङ्गा हुँ र मेरो उद्देश्य पूरा गर्न यस पृथ्वीमा आएकी हुँ। त्यस कारण मेरो सर्त यो छ कि विवाह पछि म जे गर्नेछु त्यसको विषयमा तपाई मलाई कुनै प्रश्न सोध्नु हुने छैन। यसरी तपाई जबसम्म यो सर्त पालना गर्नुहुन्छ, म तपाईँको श्रीमतीको रूपमा हुनेछु, तर जुन दिन तपाईँले यो सर्त भङ्ग गरेर  मलाई केही सोध्नुहुनेछ, म फेरि फर्कनेछु । " युवतीले जवाफ दिइन् ।  शन्तनु चकित परे।

 यो अनौठो सर्त सुनेर राजा शन्तनु छक्क परे। तर  आफ्नो प्रेमको लागि गङ्गाको उक्त सर्तलाई स्वीकारे र यसरी दुवै विवाह बन्धनमा बाँधिए। विवाह पछि सबै ठिकठाक रह्यो। केही समयपछि रानी गङ्गाले एउटा बच्चालाई जन्म दिइन्। यो सुनेर राजा शन्तनु एकदम खुसी भए। उनी आफ्नो छोरोलाई हेर्नको लागि कुदेर रानीको दरबारमा पुग्छन् , तर त्यहाँ उनले रानी नवजात शिशुलाई आफ्नो काखमा राखेर दरबारबाट भागिरहेकी देखे, सो देखेर छक्क परे । सुरुमा उनले रानीलाई रोकेर उनी कहाँ गइरहेकी छन् भनेर सोध्न मन गरे तर उनलाई उनको सर्तको याद आयो र यसमा केही सोध्नुको सट्टा चुपचाप उनलाई पछ्याउन थाले । रानी गङ्गा नदीको किनारमा पुगिन् र उनले त्यो बच्चालाई पानीमा  डुबाइन् ।  यी सबै देखेर शन्तनु अत्यन्त दुःखी भए। उनीले चाहेका केही गर्न सकेनन्, रानीले पनि किन त्यसो गरिन् भनी सोध्न सकेनन्।

त्यसरी नै, केही समयपछि, रानीले अर्को बच्चालाई जन्म दिइन्। यस पटक पनि उनले उही कुरा दोहोर्‍याइन् र राजा शन्तनु फेरि आफ्नो बच्चाको अनुहार हेर्नबाट वञ्चित भए। यसपछि पनि, रानी गङ्गाले यस्तै गरिन। उनी प्रत्येक पटक गर्भबाट बच्चा जन्मिने बित्तिकै नदीमा लगी डुबाएर खाली हात दरबारमा फर्किइन्। यसरी उनले सात नवजात शिशुलाई गङ्गाको भेट चढाइन्। राजा शन्तनुले  रानीको काममा कुनै बाधा पुर्‍याएनन् किनभने उनी डराउँथे कि यदि उनले केही सोधे भने रानीले छोडेर जानेछिन् ।

केही समय पछि उनी फेरि गर्भवती भइन् र उनले आफ्नो आठौँ पुत्रलाई जन्म दिइन्। यस पटक पनि बच्चाको जन्मेपछि, उनले बच्चालाई काखमा लिइन् र पहिले जस्तै नदीमा डुबाउनको लागि लिएर गइन...। क्रमशः



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ