arrow

घरेलु मैदानमा फ्रान्सलाई टक्कर दिन तयार आयरल्याण्ड

logo
प्रकाशित २०७३ असार १२ आइतबार
France-vs-Ireland-Prediction-and-Tips-EURO-2016.jpg.jpeg
काठमाडौं। राउण्ड अफ सिक्सटिन अन्तर्गत फ्रान्स र आयरल्याण्ड बिचको खेल रोमाञ्चक हुने विश्वास गरिएको छ। समुह चरणमा ईटली जस्तो टोलीलाई हराएर दोस्रो चरणको यात्रा गरेको आयरल्याण्डले घरेलु मैदानमा खेलीरहेको फ्रान्ससँग प्रतिस्पर्धात्मक खेल खेल्ने छ। 
 
आयरल्याण्डका म्यानेजर मार्टिन ओ'निलले भन्छन् ' हामी ईटली बिरुद्धको जितको मनोबल लिएर अघि भड्ने छौं। फ्रान्ससँग विश्वस्तिरय खेलाडीहरु रहेका छन् र हाम्रा खेलाडूहरु उनीहरु बिरुद्ध खेल्न तयार छन्।' 
 
फ्रान्सका म्यानेजर डिडर डेसक्याम्प भन्छन् 'हामीले आफ्नो तयारी गरेका छौं। आयरल्याण्डका खेलाडीहरु कडा मिहिनेत गरेर खेल्छन् र उनीहरुसँग केही अति नै राम्रा खेलाडीहरु पनि रहेका छन्। हामी तयार छौं।' 
 
समुह 'ए'मा बिजेता बनेर दोस्रो चरण प्रवेश गरेको फ्रान्सलाई आफ्नो घरेलु मैदानर दर्शको साथले केही सजिलो बनाए पनि आयरल्याण्ड ईटलीलाई पराजित गरे पछि उच्च मनोबलका साथ दोस्रो चरण प्रवेश गरेको छ। 
 
फ्रान्स लियो मैदानमा अन्तिम ५ खेलमा अपराजित रहेको छ। उक्त अपराजित यात्रालाई ईटली बिरुद्ध जस्तो खेल खेले आयरल्याण्डले छेक्न सक्ने छ । 
 
तर आफ्नो देशमा भएको प्रतियोगिताहरुमा फ्रान्सको रेकर्ड राम्रो रहेको छ। सन् १९९८मा विश्वकप जितेको फ्रान्सले सन् १९८४मा युरो जितेको थियो। दुवै प्रतियोगिता फ्रान्सले आयोजना गरेको थियो। 
 
फ्रान्सले नकआउट चरण सन् २०००को युरो पछि जितेको छैन् भने आयरल्याण्ड पहिलो पटक नकआउट चरणमा पुगेको हो। 
 
दुई टोलीले एक अर्का बिरुद्ध ५ खेल केलेकोमा २ खेल फ्रान्सले जितेको छ भने ३ खेल बराबरीमा सकिएको छ। फ्रान्सले अन्तिम पटक आयरल्याण्डलाई पराजित गरेको सन् १९८१मा विश?वकप छनौट खेलमा रहेको छ। उक्त खेलमा फ्रान्स ३-२ले बिजयी भएको थियो। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ