arrow

श्रीमतीलाई घाइते बनाइ जगतबहादुरले झुण्डिएर गरे आत्महत्या 

logo
युबराज रेग्मी,  
प्रकाशित २०७७ चैत २४ मंगलबार
Gauriganj_Gaunpalika_1617684028.png

झापा । झापाको दक्षिण पस्चिम पालिका  गौरीगञ्ज ५ स्थित बालुगाउँमा सोमबार राति एक युवकले झुण्डिएर आत्महत्या गरेका छन् । करिब  ३० बर्षका मोहनदेव भनिने जगतबहादुर ताजपुरिया सोमबार राति करिब ९ बजेको समयमा आफ्नै घरको शौचालय नजिक झुण्डिएको अवस्थामा मृत फेला परेको  ईलाका प्रहरी कार्यालय गौरीगञ्जले जनाएको छ ।

श्रीमतीसँग घरायसी झगडा भएको र झगडाकै क्रममा उनले श्रीमती राजकुमारी ताजपुरियामाथि धारिलो हतियारसमेत प्रहार गरेको अनुसन्धानको क्रममा बुझिएको छ । 

त्यस पश्चात् उनी  झुण्डिएर आत्महत्या गरेको हुनसक्ने स्थानियले बताएका छन् । श्रीमती राजकुमारीको हात, पाखुरा तथा पेटमा गहिरो चोट लागेकोले हाल उनलाई बिराट नर्सिङ होम विराटनगरमा सघन उपचार कक्षमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

मृतकको शव सोमबार राति नै ईलाका प्रहरी कार्यालय गौरीगञ्जबाट गएको प्रहरी टोलीले मुचुल्का तयार पारी पोस्टमार्टमका लागि पठाइएको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ