arrow

पाल्पामा जीप दुर्घटनामा दुईको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७७ चैत २४ मंगलबार
Accident-sign.jpg

पाल्पा। तानसेन नगरपालिका–७ काजीपौवास्थित भित्री कच्ची सडक खण्डमा कुखुरा बोक्ने पिक अप जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

गए राति करिब साढे १२ बजे लु२च ६३२ नंको पिक अप जीप कुखुरा ल्याउँदै गर्दा अचानक सडकदेखि करिब २० मिटर तल खसेर चालक बगनासकाली गाउँपालिका–४ का २० वर्षीय विजय खाम्चा र रिब्दीकोट–४ का २७ वर्षीय राज थापाको मृत्यु भएको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रामेश्वर त्वातीले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ