arrow

ट्रक दुर्घटना हुँदा एक जनाको मत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७७ चैत २४ मंगलबार
accident-1_1617703017.jpg

भोजपुर । अरुण गाउँपालिका-४ छाम्ताङमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

सोमबार राति धरानबाट भोजपुरतर्फ आउँदै गरेको ना३ख ३२० नम्बरको ट्रक अनियन्त्रित भएर दुर्घटना हुँदा ट्रकका मालिक मोरङ पथरीशनिश्चरे-८ का ४३ वर्षीय भेषबहादुर बस्नेतको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

ट्रक चालक अरुण गाउँपालिका-६ जरायोटारका २० वर्षीय जनकबहादुर खड्का गम्भीर घाइते भएकाले विराटनर्सिङ कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

शव परीक्षण भने मंगलवार जिल्ला अस्पताल भोजपुरमा भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक प्रदीप लामाले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ