arrow

अन्तिम खेलमा जर्मनीलाई हराएको स्लोभाकियालाई सुखद नतिजाको आश

logo
प्रकाशित २०७३ असार १२ आइतबार
Germany-vs-Slovakia-Prediction-and-Tips-EURO-2016.jpg.jpeg
काठमाडौं। समुह 'सी'बाट पहिलो भएको जर्मनी र समुह 'बी'बाट दोस्रो भएर 'राउण्ड अफ सिक्सटिन'मा आमने सामने हुँदैछन्। विश्वबिजेता जर्मनी बलियो देखिए पनि स्लोभाकियाको टोलीलाई कम आंकलन गर्न सक्ने स्थिती रहेको छैन्।
 
करिब एक महिना अघि स्लोभाकियासँग पराजित भएको जर्मनीले त्यो हार सम्झिरहने छ। स्लोभाकियाले उक्त मैत्रीपुर्ण खेलमा जर्मनीलाई ३-१ गोलले पराजित गरेको थियो। सन् २०१६ मई २९मा भएको खेलमा जर्मनी पराजित भएको थियो
 
समुह चरणमा २ जित र १ बराबरीका साथ पहिलो भएको जर्मनीले पोल्याण्डसँग बराबरी खेलेको थियो। पोल्याण्ड 'राउण्ड अफ सिक्सटिनमा' स्विजरल्याण्डलाई पराजित गर्दै क्वार्टरफाइनल प्रवेश गरिसकेको छ।
 
स्लोभाकियाले छनौट चरणमा वेल्ससँग पराजित भएको थियो भने ईङल्याण्डसँग बराबरी खेल्दा रसियालाई जितेर दोस्रो चरण प्रवेश गरेको हो। 
 
स्लोभाकियाको दोस्रो पटक ठूलो प्रतियोगिताको 'नकआउट' चरणमा प्रवेश गरेको छ। युरोमा स्लोभाकियाको यो पहिलो पटक हो। यसअघि सन् २०१०को विश्वकपमा स्लोभाकिया दोस्रो चरण प्रवेश गरेको थियो। 
 
जर्मनीले आफ्नो आक्रमणलाई तिखो बनाएमा स्लोभाकियालाई पराजित गर्न सक्नेछ। पछिल्लो समयमा उनीहरु रक्षापंक्ति कमजोर रहेको छ। कमजोरी हुँदा हुँदै पनि कुनै गोल नखाईकन समुह चरण पार गरेका थिए।  त्यसैले जर्मनीले आक्रमक खेल खेल्ने छ। 
 
जर्मनीका स्टार खेलाडी थोमस मुलरले अहिलेसम्म आफ्नो गोलको खाता खोल्न सकेका छैनन्। उनले विश?वकप फुटबलको १३ खेलमा १० गोल गरिसकेका छन्। 
 
स्लोभाक कोच जोन कोजाक भन्छन् -' उनीहरु ठूलो टोली हुन् र उनीहरुलाई थाहा छ ठुलो प्रतियोगितामा करि खेल्नु पर्छ। उनीहरु विश?व बिजेता पनि रहेका छन्। ' 
 
हेड टु हेड
२८ पटक एक अर्कासँग भिडेका दुई टोलीमा जर्मनीले १७ पटक जितेको छ भने ६ खेल स्लोभाकियाले जितेको छ। ५ खेल बराबरीमा सकिएको थियो।  २८ खेलमा जरम्नीले ६२ गोल गरेको छ भने स्लोभाकियाले ४० गोल गरेको छ। 
 
दुई टोली बिचको अन्तिम भिडन्तमा स्लोभाकियाले जित हात पारेको थियो। अन्तिम खेल सन् २०१६ मई २९मा भएको थियो। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ