arrow

धर्म परिवर्तन गराउनेलाई कडा कारबाही हुन्छ : कमल थापा

logo
प्रकाशित २०७३ असार १२ आइतबार
kamal-thapa-new-dhn.jpg.jpeg
धनकुटा । उपप्रधान, परराष्ट्र तथा स्थानीय विकास मन्त्री कमल थापाले गैरसरकारी संस्था खोलेर धर्म प्रचार र परिवर्तन गराउनेलाई कारबाही गर्ने चेतावनी दिएका छन् ।  
 
हिन्दूत्व जागरण अभियानका लागि धनकुटा पुगेका थापाले आइतबार सञ्चारकर्मीसँग यस्तो भनेका हुन् । सनातनदेखि चलिआएका धर्मलाई रक्षा गर्ने सरकारको प्रमुख दायित्व भएको बताउँदै मन्त्री थापाले अहिले सङ्गठित रुपमा गाउँ–गाउँमा गएर पैँसाको आडमा जबर्जस्ती धर्म परिवर्तन गराउने काम भइरहेको जिकिर गरे ।  
 
मन्त्री थापाले यस्ता प्रवृत्तिलाई कडाइका साथ नियन्त्रण गरिनुपर्ने आवश्यकता पनि औँल्याए । धनकुटा पुगेका मन्त्री थापाले जिल्ला विकास समिति र नगरपालिकाको विकास निर्माण कार्यप्रगति समीक्षा बैठकमा भाग लिनुका साथै कभर्डहल र डम्पिङसाइटको निरिक्षण समेत गरे ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ