arrow

सेयर बजार अठार अंकले वृद्धि

logo
प्रकाशित २०७३ असार १२ आइतबार
Share-Market-Tips.jpg.jpeg
काठमाडौँ। सेयर बजार आज १८ अंकले वृद्धि भई एक हजार ६ सय ८४ विन्दुमा पुगेको छ। बजार खुल्ने बित्तिकै चम्किएको नेप्से २२ अंकले वृद्धि भई एक हजार ६ सय ८८ विन्दुमा पुगेको थियो। तर बजार बन्द हुनु अगाडि नेप्से पुनः घटेर एक हजार ६८४ विन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्जले जानकारी दिएको छ।
 
आज कुल कारोबार रकम भने घटेको छ। स्टकका अनुसार कुल १३५ कम्पनीको रु एक अर्ब ६० करोड ५७ लाख ६३ हजार ५८ को करोबार भयो भने ६३ लाख ९३ हजार ५८२ कित्ता सेयर किनबेच भयो।
 
आज सबैभन्दा बढी कारोबार स्टयान्डर्ड चार्टर्ड बैंक लिमिटेडको रु तीन हजार ७७० मूल्यमा कारोबार भयो भने एभरेष्ट बैंक लिमिटेडको तीन हजार ४ सय १०, एसबीआइको रु एक हजार ८८९ मूल्यमा कारोबार भयो। बैकिङ समूह शक्तिशाली बन्दा सेयर बजारको परिसूचक बढेको हो। सो समूह ३३ अंकले वृद्धि भयो भने बिमा र जलविद्युत् समूह ओर्लिए। तर त्यसले बजारलाई खासै प्रभाव पारेन। स्टकका अनुसार बिमा ३०, जलविद्युत् ९, उत्पादन समूह ३६ र होटल समूह १० अंकले घटेको छ।
 
बिमा समूहको सबैभन्दा बढी अर्थात् रु ९१ करोड बराबरको सेयर कारोबार भयो भने वाणिज्य बैंकको रु ४६ करोडमा सीमित भयो। आज लुम्बिनी जनरल इन्स्योरेन्सेको रु ११ करोड २२ लाख मूल्यको सेयर खरिद किक्री भएको थियो। रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ