arrow

पत्रकार महासंघ बाँकेमा प्रेस युनियनका दामोदर भण्डारी विजयी

logo
सौरभ गिरी, 
प्रकाशित २०७७ चैत २७ शुक्रबार
fnj-banke-election-win.jpg

नेपालगञ्ज। नेपाल पत्रकार महासंघ बाँकेको निर्वाचनमा नेपाल  प्रेस युनियनका  दामोदर भण्डारी अध्यक्षमा विजयी भएका छन् । भण्डारीले उनका निकटतम प्रतिद्वन्द्वी दत्तप्रसाद धिताललाई पराजित गरेका हुन् ।  

भण्डारीले धिताललाई १८ मतको अन्तरले पराजित गरेका हुन् । शुक्रबार बिहान सम्पन्न मतगणनामा भण्डारीले १५७ मत प्राप्त गरे भने धितालले  १३९ मत ल्याएका थिए। 

त्यस्तै उपाध्यक्षमा  संगीन शर्मा  बिजयी भएका छन् भने महिला उपाध्यक्ष करुणा शाह र सचिवमा केपी शर्मा ओली निकट प्रेस चौतारीका कमल डाँगी विजयी भएका छन् । 

त्यस्तै सहसचिव (समावेशी) तर्फ हेमन्त चौधरी र खुलातर्फ  कृष्ण ओली तथा कोषाध्यक्षमा  बिनोद पौडेल विजयी भएका छन् ।
यस्तै महिला सदस्यतर्फ साबित्री गिरी, दलित सदस्यमा केपी ओली निकट प्रेस चौतारीकी पबित्रा परियार विजयी भएका छन् । 

यता आदिवासी जनजाति सदस्यमा राधेश्याम थारु र अल्पसंख्यक  सदस्यमा मोहमद जाबेद हलवाई, सदस्य मधेसीतर्फ भिष्म लोधखुल्ला, सदस्यहरु खुलामा जाबेद अहमद शाह, दिनेश ठाकुर, सुनिल रेग्मी, सौरभ गिरी, निर्मल शर्मा, खगेन्द्र प्रसाद आचार्य, डिल्ली शाही, शंकर लामिछाने (अशान्त) विजयी भएका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ